बुर्किना फासोबाट पत्रकार निष्काशित « Khabarhub

बुर्किना फासोबाट पत्रकार निष्काशित


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वागादुगु- बुर्किना फासोले फ्रान्सको ला मोन्द र लिबरेसन दैनिकका संवाददाताहरूलाई निष्कासन गरेको छ ।

‘बुर्किना फासोस्थित संवाददाता सोफी डुसलाई देशबाट निष्कासन गरिएको छ । साथै एकै समयमा लिबरेसनबाट एग्नेस फेव्रे पनि निष्कासनमा परेकी छन्,’ मोन्दले आफ्नो वेबसाइटमा भनेको छ । पश्चिमी अफ्रिकी देशको उक्त कार्यलाई अस्वीकार्य भन्दै उक्त कदमको निन्दा गरिएको छ ।

शनिबार निष्कासनमा परेका दुवै महिला आइतबार बिहान पेरिस पुगेका ले मोन्दले जनाएको छ । अल–कायदाका उत्तर अफ्रिकाका प्रमुखको अन्तर्वार्ता प्रसारण गरेपछि गत सोमबार बुर्किना फासोको सरकारले फ्रान्स २४ न्युज च्यानलको सबै प्रसारण स्थगन गरेको थियो । गत डिसेम्बरमा रेडियो फ्रान्स इन्टरनेसनल प्रति पनि उसले प्रतिबन्ध लगाएको थियो ।

गत वर्ष दुई पटक विद्रोहको सामना गरेको बुर्किना फासो छिमेकी मालीबाट फैलिएको जिहादी विद्रोहविरुद्ध लडिरहेको छ । सन् २०१५ देखि मालीका विद्रोहीले बुर्किना फासोलाई आक्रमणको निशान बनाइरहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : २७ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका