नेप्से परिसूचक २० अंकले घट्याे « Khabarhub

नेप्से परिसूचक २० अंकले घट्याे


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ। यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो  ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यसैगरी, नेप्से सूचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दा बढीको कारोबार गरेको छ ।

सिवम सिमेन्ट दोस्रो स्थानमा छ । उक्त कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसूचकहरू राताम्मे भएको छ । सबैभन्दा धेरै ट्रेडिङ सूचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ ।

आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ३६ बजे

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी

अलेप्पोलाई नियन्त्रणमा लिएको सिरियाली सेनाको दावी, कुर्द सेनाद्वारा खण्डन

दमास्कस- सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त