विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज चैत १९, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

गत आर्थिक वर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात

आर्थिक वर्ष २०२२र०२३ मा १० अर्ब अमेरिकी डलरभन्दा धेरैको भारतीय स्मार्टफोन निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् ।

भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ र विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ ।

भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ ।

अहिले भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन् । हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ ।

एप्पल जस्ता अन्य प्रमुख वैश्विक विशाल कम्पनीहरूले पनि भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन् ।

ओप्पो, भिभो, शाओमी र लाभाजस्ता विश्वव्यापी उद्योगहरूले पनि भारतमा आफ्नो आधार स्थापना गरेका छन् र कारोबार विस्तार गरेका एशियन लाइटले रिपोर्ट गरेको छ ।

आईसीईएका अध्यक्ष पङ्कज मोहिन्द्रुले भने, “मोबाइल फोन उद्योगले ४० अर्ब अमेरिकी डलरको उत्पादन पार गर्नेछ । १० अर्ब अमेरिकी डलरमा २५ प्रतिशत निर्यात एक उत्कृष्ट प्रदर्शन हो । उत्पादनसँग जोडिएको प्रोत्साहन ९पीएलआई० योजनाका कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोब्बर भएको छ ।

आईसीईएको तथ्याङ्कअनुसार भारतका लागि हाल संयुक्त अरब इमिरेट्स ९युएई०, अमेरिका, नेदरल्याण्ड्स, बेलायत र इटालीमा मोबाइल फोन निर्यात गर्ने शीर्ष पाँच गन्तव्य हुन् । सन् २०१४ मा भारतमा मोबाइल फोन र पार्टपूर्जा उत्पादन गर्ने २६० भन्दा बढी युनिट रहेका थिए ।

भेनेजुएलामा भ्रष्टाचार अभियोगमा ४२ जना पक्राउ

करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ ।

देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा लिइएको महान्यायाधिवक्ता तारेक विलियम साबले बताएका छन् ।

गत महिनाको दोस्रो साता भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पारिने तथा त्यसमा संलग्न भएकालाई कारबाही गर्ने आह्वान गर्दै भ्रष्टाचार विरोधी प्रहरीले एक विज्ञप्ति जारी गरेपछि देशका शक्तिशाली तेल मन्त्री तारेक एल एसामीले राजीनामा दिएका छन् ।

प्रहरीको भ्रष्टाचार विरोधी अभियानले पिडिभीएएसका अधिकारीहरू तथा अन्य सार्वजनिक संस्थाहरूलाई निशाना बनाएको छ । अभियानका क्रममा उच्च पदस्थ व्यक्तिलाई हिरासतमा लिइएको छ । राज्य स्वामित्वको कर्पोरेसियन भेनेजोलाना गुयानाका अध्यक्षलगायत उच्च तहका कर्मचारी पक्राउ परेका छन् ।

भेनेजुएलाको केन्द्रीय बैंकका पूर्वनिर्देशक पेड्रो माल्डोनाडो, पूर्व सांसद हग्बेल रोआलाई पनि पक्राउ गरिएको छ ।रोआ वर्षौँदेखि भेनेजुएलाको सत्तामा रहेका युनाइटेड सोसलिस्ट पार्टीका शीर्ष नेता हुन् । देशको उपराष्ट्रपतिका साथै आन्तरिक तथा उद्योग मन्त्रीको रूपमा काम गरेका सत्तारुढ दलका नेतालाई पनि छानबिनका निम्ति गिरफ्तार गरिएको छ ।

बुर्किना फासोबाट पत्रकार निष्काशित

बुर्किना फासोले फ्रान्सको ला मोन्द र लिबरेसन दैनिकका संवाददाताहरूलाई निष्कासन गरेको छ ।

‘बुर्किना फासोस्थित संवाददाता सोफी डुसलाई देशबाट निष्कासन गरिएको छ । साथै एकै समयमा लिबरेसनबाट एग्नेस फेव्रे पनि निष्कासनमा परेकी छन्,’ मोन्दले आफ्नो वेबसाइटमा भनेको छ । पश्चिमी अफ्रिकी देशको उक्त कार्यलाई अस्वीकार्य भन्दै उक्त कदमको निन्दा गरिएको छ ।

शनिबार निष्कासनमा परेका दुवै महिला आइतबार बिहान पेरिस पुगेका ले मोन्दले जनाएको छ । अल–कायदाका उत्तर अफ्रिकाका प्रमुखको अन्तर्वार्ता प्रसारण गरेपछि गत सोमबार बुर्किना फासोको सरकारले फ्रान्स २४ न्युज च्यानलको सबै प्रसारण स्थगन गरेको थियो । गत डिसेम्बरमा रेडियो फ्रान्स इन्टरनेसनल प्रति पनि उसले प्रतिबन्ध लगाएको थियो ।

गत वर्ष दुई पटक विद्रोहको सामना गरेको बुर्किना फासो छिमेकी मालीबाट फैलिएको जिहादी विद्रोहविरुद्ध लडिरहेको छ । सन् २०१५ देखि मालीका विद्रोहीले बुर्किना फासोलाई आक्रमणको निशान बनाइरहेका छन् ।

अमेरिकामा आँधी : २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ ।

शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् । सर्वसाधारणका घरका पर्खाल भत्किएका छन् । रुखविरुवा जरैदेखि ढलेका छन्भने मोटरकारहरू उत्तानो परेका छन् । विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त भएको छ ।

अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इण्डियाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन् । इलिनोइमा दर्शकहरूले खचाखच भएको एउटा साङ्गीतिक कार्यक्रमस्थलको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार इलिनोइको क्रफोर्ड काउन्टीमा थप तीन जनाको मृत्यु भएको छ । त्यहाँ एक सय परिवार विस्थापित भएका छन् । आँधी प्रभावित राज्यका पाँच लाख ९० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका छन् ।

ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन् । शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए ।

अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ । राष्ट्रिय मौसम सेवाले भारी मेघगर्जन र हुरीका साथ असिनापानी पर्ने पूर्वानुमान गरेको छ । पेन्सिल्भेनिया र न्युयोर्कका केही भागसहित पूर्वोत्तर क्षेत्रमा आँधी र असिनाको जोखिम रहेको भन्दै उक्त सेवाले सचेत रहन आग्रह गरेको छ ।

अर्कान्सास राज्यका गभर्नर साराह हकाबी स्यान्डर्सले राज्यमा आपत्कालीन अवस्थाको घोषणा गर्दै राष्ट्रिय सुरक्षार्मीलाई पुनःस्थापना तथा सहयताका प्रयासमा सक्रिय हुन निर्देशन दिएका छन् । उनले राष्ट्रपति जो बाइडेनसँग आँधीले गरेको विनाशबारे छलफल गरेका छन् । राष्ट्रपतिले आँधी प्रभावित क्षेत्रमा सङ्घीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो । त्यहाँको सानो शहर रोलिङफार्क पूर्णरूपमा तहसनहस भएको थियो । करिब दुई हजार बासिन्दा रहेको उक्त स्थानको स्थलगत निरीक्षणमा पुरेका राष्ट्रपतिले आँधीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रकट गरेका छन् ।

निरपेक्ष गरिबीको रेखामुनि रहेका त्यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपतिले सङ्घीय सरकारलाई आदेश दिएका थिए । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलव्ध गराउन उनले भनेका छन् ।

वन्यजन्तु संरक्षक मिर सम्मानित

वन्यजन्तु संरक्षणका क्षेत्रमा सक्रिय आलिया मिर जम्मु कश्मीर वन्यजन्तु संरक्षण पुरस्कारबाट सम्मानित भएकी छिन् ।

उनलाई जम्मु कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले वन्यजन्तु सम्मान प्रदान गरेका हुन् । आलिया मिरलाई कश्मीरमा भालुलगायत जंगली जनावरहरूको उद्धार र पासोमा परेका वन्यजन्तुलाई मुक्त गर्ने, घाइते जनावरको हेरचाह जस्ता वन्यजन्तु संरक्षणका कार्यका लागि सम्मान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनी कश्मीरमा पहिलो महिला वन्यजन्तु उद्धारकर्ता पनि हुन् । उनले वन्यजन्तु संरक्षणबारे जनचेतना जगाउन शैक्षिक क्षेत्रमा पनि जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् । उनले चरा, एसियाटिक कालो भालु र हिमालयन खैरो भालुलगायत धेरै जङ्गली जनावरहरूको उद्धार गरिसकेकी छिन् ।

मानहानीको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने

गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले पुनरावेदन गर्ने भएका छन् ।

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् ।

“तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा अपील दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,” नेता गान्धीको कानूनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पीटीआईलाई भनेका छन् ।

उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनको लागि सजाय स्थगन गरेको थियो । मानहानी मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य गान्धी अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए । बाउन्न वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता आइपीसीको धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो ।

सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गान्धीले गरेको टिप्पणीका कारण समस्त मोदी थर भएका र पिछडिएका वर्गको मानहानी भएको बताउँदै आएका छन् । सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भारतका भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भाजपाका विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ५९ बजे

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि