सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री « Khabarhub

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् ।

शर्माले अहिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । 

कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् । शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद्‌ १५ सदस्यीय भएको छ ।

को हुन् शर्मा ?

बालानन्द शर्मा नेपाली सेनाका एक वरिष्ठ रथी (पूर्वजर्नेल) हुन् । जसले लामो समय सेना र राष्ट्रिय सुरक्षासम्बन्धी भूमिका नििर्वाह गरेका छन् ।

शर्माले नेपाली सेनामा करिब ३९ वर्ष सेवा गरेका थिए। उनी सेनाको विभिन्न नेतृत्वत्दायी भूमिकामा रहेर काम गरेका थिए।

१० वर्ष लामो माओवादी युद्धपछि २०६३/२०६४ मा चलेको शान्ति प्रक्रिया लागू गर्ने क्रममा उनले योगदान दिए । सेना र माओवादीबीच समायोजनलाई सफलतापूर्वक अघि बढाउन उनी समायोजन प्राविधिक समितिका संयोजक बने।

यस भूमिकामा उनले हजारौं पूर्वमाओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गराउने र अवकास योजनाको कार्यान्वयनमा प्रमुख भूमिका खेलेका थिए ।

२०७८ सालमा कोरोना महामारीको बेला सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशक (सीईओ) मा उनलाई नियुक्त गरेको थियो।

यस पदमा रहेर उनले सरकारको महामारी व्यवस्थापन रणनीति तथा कार्यक्रमको कार्यान्वयनमा योगदान दिएका थिए।

अब उनलाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाएकी छन् । यस नियुक्तिले उनको करियरलाई सुरक्षा क्षेत्रबाट कूटनीतिक र राजनीतिक नेतृत्वतर्फ लगेको छ ।

शर्माले लामो सैन्य अनुभवलाई राष्ट्रव्यापी चुनौती र शान्ति प्रक्रियामा प्रयोग गरेका थिए। शान्ति प्रक्रिया, सेना समायोजन, र महामारी जस्ता संवेदनशील अवस्थामा नेतृत्व, समन्वय र नीति कार्यान्वयनमा उनी सक्रिय थिए ।

तिनै अनुभवका आधारमा अहिले उनलाई प्रधानमन्त्री कार्कीले तीन महिनादेखि आफूले राखेको परराष्ट्रमन्त्रीको जिम्मेवारी सुम्पिएकी हुन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ४७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो