अर्थतन्त्र सुधार ल्याउन परिसङ्घको आग्रह « Khabarhub

अर्थतन्त्र सुधार ल्याउन परिसङ्घको आग्रह


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग परिसङ्घले नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतलाई अर्थतन्त्र सुधार ल्याउन आग्रह गरेको छ । परिसङ्घको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको हो ।

परिसङ्घले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने एवं लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए। “यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम भए अर्थतन्त्रमा छिटो सुधार आउँछ”, उनले भने ।

परिसङ्घले ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन क्यास रिजर्भ रेसियो (सीआरआर) तीन प्रतिशतमा झारिनुपर्ने, बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको सत् प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसङ्घले दिएको छ । निर्माण क्षेत्रमा दिनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसङ्घले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ ।

सो भेटमा अर्थमन्त्री डा महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सकारात्मक वातावरण सिर्जना गर्न लागिपर्ने बताउनुभयो । “अर्थतन्त्र सुधारका लागि सकारात्मक वातावरण निर्माण गर्न पूर्णरूपमा लाग्नेछौँ, जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौँ, त्यसमा तपाईँको पनि सहयोग आवश्यक पर्छ”, उनले भने ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ३९ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान