एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ वितरण « Khabarhub

एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ वितरण


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाभित्र रहेका एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ (फायर इक्सटिङगुडसर) वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी महानगरभित्र रहेका एक सय १० सामुदायिक र चार धार्मिक प्रकृतिका (गुरुकुलम) लाई सो यन्त्र हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रध्यानाध्यापकलाई यन्त्र हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले महानगरपालिकाले सुरक्षित विद्यालय अवधारणाअन्तर्गत यन्त्र वितरण गरिएको बताईन । विद्यालयमा गर्मी समयमा हुन सक्ने आगलागी नियन्त्रणका लागि यन्त्र उपयोगी बन्ने उनको भनाइ छ ।

उनले भनिन्, “सामुदायिक विद्यालयमा थप नयाँ आयाम दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।” यस यन्त्रको प्रयोग भएपछि महानगरले ग्यास भरेर (रिफिल) पुनः विद्यालयलाई दिने उनको भनाइ छ । महानगरपालिकाले अहिले सबै विद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले हरेक वर्ष नयाँ कार्यक्रम सुरुआत गर्ने बताईन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरको यो कार्यक्रम महत्वपूर्ण रहेको बताए। यसले विद्यालयमा हुनसक्ने ठूलो दुर्घटनामा उद्धार गर्न मद्दत पुग्ने उनको विश्वास थियो । शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलले सामुदायिक विद्यालयको सुधारका क्रममा यस्ता कार्यक्रम आयोजना गरिएको बताए । महानगरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वर्षेनि नयाँ कार्यक्रम ल्याउने गरेको उनहाँको भनाइ थियो ।

महानगरपालिकाले विद्यालयलाई प्रदान गरेको अग्नि शमनयन्त्रले एक हजार डिग्री तापक्रमसम्म काम गर्न सक्ने क्षमता छ । यसमा भएको ग्यासलाई २१ सेकेण्डसम्म प्रयोग गर्न सकिने पौडेलले जानकारी दिए । एक सय १४ विद्यालयललाई वितरण गरिएको ती सामग्री रु आठ लाख १८ हजार बराबरका हुन् । एउटा विद्यालयलाई एउटा यन्त्र वितरण गरिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ३३ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान