निःशुल्क आँखाको शल्यक्रिया « Khabarhub

निःशुल्क आँखाको शल्यक्रिया


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ ।
पालिकाले यही चैत १० गतेदेखि एक हप्तासम्म वडामा सञ्चालन गरेको आँखा शिविरबाट एक सय ७२ जनामध्ये ७५ जनाको आँखाको शल्यक्रिया गरिदिएको हो ।

नेपाल नेत्रज्योति सङ्घका डा रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग, नेत्रज्योति सङ्घ र सेभा फाउन्डेसनको सहयोग तथा पालिकाको व्यवस्थापनमा उनीहरूको आँखा शल्यक्रिया गरिएको हो ।पालिकाले चैत १८ र १९ गते शिविर सञ्चालन गरेर मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो ।

उनीहरूको कीर्तिपुर आँखा अस्पताल काठमाडौँ डा एरिक वैद्यसहितको सात जनाको टोलीले उपचार गरेको आँखा अस्पताल धनकुटाका डा समिर चापागाईँले जानकारी दिए ।अन्य बिरामीहरूको भने प्रतिकूल मौसम र केही अनियन्त्रित रक्तचापका कारण शल्यक्रिया हुन नसकेको चापागाईँले बताए ।

बर्सातका कारण गाउँमा शल्यक्रियासम्बन्धी गलत हल्ला चलाइएकाले पहिचान भएका सबै बिरामी उपचारमा नआएको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

“शल्यक्रिया राम्रो हुन्न भन्ने गाउँमा गलत हल्लाहरू फैलाइएकाले सबैजना नआएको बुझिएको छ”, अध्यक्ष लिम्बूले भने, “बाँकीको उपचारका लागि पालिकाको बैठक बसेर निर्णय गर्नेछौँ ।”

उपचारका लागि गाउँ–गाउँबाट आएका बिरामीहरूको खानेबस्नेलगायतका बन्दोबस्ती पालिकाले गरेको थियो । पालिकामा नै सञ्चालन भएको शिविरबाट नागरिकहरू आर्थिकरुपमा लाभान्वित भएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

आफ्ना ७२ वर्षीय बुबा र ६८ वर्षीया फुपूको आँखा शल्यक्रिया गर्न आउनुभएका वडा नं ३ का नेत्र बरालले यस शिविरले आफू रु ५० हजारभन्दा बढी आर्थिक भारबाट मुक्त भएको जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ०५ बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य