जलवायु परिवर्तनको असर वाइन व्यवसायमा | Khabarhub Khabarhub

जलवायु परिवर्तनको असर वाइन व्यवसायमा


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सन् २००८ मा ब्राउन परिवार भिक्टोरियाको ग्रामीण क्षेत्रमा भएको क्षतिका कारण आत्तिएको थियो। यो घटना उनीहरूका लागि चेतावनीको घण्टी थियो। शताब्दी पूर्वक माया गरेको कृषिको फर्ममा अहिले तातो हावा चलेर सबै खेर जाने अवस्था आउनु साँच्चै दुखद् हो। दिनहरू तातो हुने, वर्षामा कमी हुने र हुरी चल्ने यी सबै गम्भीर दुर्घटना र दुखद दिन आगमनको लक्षण थियो।

जलवायु परिवर्तनका कारण उनीहरूको पारिवारिक व्यापार नै समस्यामा परेको छ। अष्ट्रेलियामा सबै भन्दा पुरानो रहेको वाइन कम्पनी होइन, यस्ता अनेकन् कम्पनीमा अहिले धक्का परेको छ। धेरै देशका लागि त त्यहाँको जस्तो वाइन व्यापार सपना जस्तो भएको थियो।

एस्ले रेटक्लीफको उत्पादन भाइनयार्ड संसारकै सबैभन्दा तातो र सुख्खा किसिमको वाइन थियो। दक्षिणी अष्ट्रेलियाको रिभर ल्यान्ड क्षेत्रमा एक वर्षमा ९० मिलिमिटर मात्र पानी परेको छ। फ्रान्सको बोर्डेक्स सहरमा हुने प्रख्यात वाइन उत्पादन क्षेत्रको भन्दा यो १० गुणा कम हो। ‘यो एकदमै तातो हो। ‘धेरै फोहोर जस्तो र धुलो भए जस्तो’, रेटक्लीफले भने, ‘अर्को एउटा यस्तो वर्ष पनि आउन सक्छ। जुन वर्ष ज्यादै चिसो पनि हुनसक्छ। यो दुवै अत्यन्त खराब हो।’

अबको २० वर्षमा रिभर ल्यान्ड १ं.३ डिग्री तातो हुनेछ। पछिल्लो समय अष्ट्रेलियाका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार वर्षाको मात्रा पनि कमी हुनेछ। अष्ट्रेलियाका तटीय क्षेत्रमा रहेका हरेक स्थानमा एकदमै फरक किसिमको मौसम देखिएको छ।

अत्यधिक गर्मी, समय समयको तातो हावा र कम वर्षा त्यहाँका समस्या बनेका छन्।
त्यही देश अहिले कीर्तिमानी वर्षाबाट प्रभावित छ। अब आउने गृष्म ऋतुले त अमेरिकाको धेरै स्थानमा अत्यधिक धेरै गर्मी र सुख्खा अवस्था आउने सम्भावना छ। अब आगो लाग्ने समय पनि आउन सक्छ। त्यो समय अत्यधिक पीडादायक पनि हुनसक्छ।

ग्रेप वाइनलाई संसारको सबैभन्दा महत्त्वपूर्ण विषय मानिन्छ। अङ्गुर संसारको सबै स्थानमा पाइने फलफूल हो। यसै किसिमको जलवायुको असर देखियो भने यसको उत्पादनमा नै अत्यधिक कमी आउने सम्भावना छ।

जलवायु परिवर्तनका कारण अहिले नै मात्रात्मक भन्दा गुणात्मक कुरामा असर परेको प्रस्ट भएको छ। अङ्गुर चाँडो बिग्रने र यसमा रहने चिनीको मात्रामा पनि फरक भएको धेरै अध्ययनले देखाएको छ। वाइन उत्पादनका क्षेत्र, लोजीस्टीक क्षेत्र र भौतिक संरचनाका क्षेत्रमा समेत यसले असर गरेको छ। जलवायु परिवर्तनकै कारण तत्काल हुने मौसमी कुराले पनि धेरै कुराको असर गरेको छ।

अहिले अष्ट्रेलियामा वाइनकै लागि केही स्थानको अङ्गुरको भने धेरै माग हुने गरेको छ। रेट क्लीफले अहिले नयाँ नीति लिएको छ। त्यो नीति अनुसार सन् २००३ मा भनयार्डका लागि विरुवा रोप्नु भन्दा फरक किसिमको सोच्ने कम्पनीले अहिले मौसम अनुसार विविधताको सोच बनाएको छ। यसले अङ्गुर पनि अहिले बजारमा ल्याउन पर्ने बाध्यता आएको छ।

रेटक्लीफले अबको दुई दशक प्रतिस्पर्धामा अन्य उत्पादन आउन नसक्ने जनाइसकेको छ। त्यहाँ एउटा कुरामा लत बसी सकेका छन्। तर यसको मतलब यी सबै कुरामा परिवर्तन गर्दै जानुको विकल्प नै छैन। प्रतिस्पर्धामा कोही आउनु भनेकै जिस्क्याउनु झै भएको उनीहरूलाई भान छ। अहिले रेटक्लीपले जलवायु परिवर्तनको असरलाई सकारात्मक ढङ्गले लिने गरेको छ।

धेरै ग्राहकले त उनीहरूले प्रयोग गरिरहेको वाइन र रेका टीका सेल्सका वाइनको बारेमा भिन्नता नै नपाउन सक्छन्। यस क्याटोगोरीमा मौन्टेपुलसियानो, फियानो र नेरा डे अभाला छन्। यो जातका अङ्गुर संसारमा रहेका अन्य अङ्गुरको तुलनामा कडा र कम पानीमा पनि उत्तिकै किसिमले फल्ने खालका हुन्छन्।

ब्राउन परिवारले पनि वैकल्पिक अङ्गुरको उत्पादन गरिरहेको छ। ती नयाँ प्रजाति भर्खरै तयार पारिएको अष्ट्रेलियाको साइन्स एजेन्सीले भर्खर तयार पारेको हो। अहिलेको अङ्गुर भने दक्षिणी क्षेत्रमा यथावतै लगाइने भएको छ। भायनयार्डलाई भने तास्मानीयाको क्षेत्रमा लगाइने भएको छ। भिक्टोरियामा त्यो लगाइनु भने दुखद भएको र यसले राम्रो परिणाम नदिने उनीहरूको ठहर छ।

यसरी जलवायु परिवर्तनको असरका कारण धेरै उत्पादकले मनसाय परिवर्तन गरे पनि ताहबीक विनरी हायली पुबरीक आफ्नो उत्पादनको शैली र जातमा कुनै परिमार्जन गर्ने सोचमा छैनन्।

‘हाम्रो जिम्मेवारी सहितको दर्शन छ। जहाँ अङ्गुर उत्पादन हुनसक्छ, त्यसै किसिमको वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो’ उनले भनिन्, ‘यो स्थानीय तहमा पनि गर्न सकिन्छ। यस बारेमा के गर्न सकिन्छ भन्ने सोच्न सकिन्छ। हामीले के गर्न सक्छौं भन्ने बारेमा सोच्न पन कठिन छ।

गोलवानृ उपत्यकामा उनको परिवार भायन यार्ड रोपिरहेको छ। तिनीहरू बारीको छेउमा लगाइएका छन्। एक सय ६० हेक्टरको रुखले यिनलाई घेरिएको छ। तिनीहरूले आफै कार्बन उत्सर्जनलाई शून्यमा झारेका छन्। एयर कन्डीसन र अन्य ऊर्जाका लागि उनीहरूले सौर्य ऊर्जाको प्रयोग गरेका छन्। तीन किलोमिटर परको भन्दा त्यहाँको तापक्रम तीन डिग्री कम छ।

अनुसन्धानकर्ता टम रेमेनेली स्वीकार गर्नु र यसमा अघि बढ्नुको कुनै विकल्प नै नभएको बताउँछन्। ‘तीन डिग्री बढ्नुको भनेको सच्चैकी तातो हो। सिङ्गो संसार नै तीन डिग्रीले तातेको छ। यस कारण अहिले त्यो वाइन निर्माण गर्नका लागि आत्तिन आवश्यक छैन। त्यस कारण अङ्गुर उत्पादन हुँदैन की भन्ने चिन्ता लिनु पर्दैन’, उनले भनेका छन्।

क्यारोलीन ब्राउनको निम्ति यो पूर्खादेखिको व्यवसाय मात्र होइन, साखको विषय पनि हो। उनले आफ्नो बाल्यकाल काकाको छोरासँग मिलवोमा भायन यार्ड रोपेर बितेको थियो। उनी नयाँ पुस्तालाई पनि त्यसै व्यवसायमा आउन प्रेरित गर्न चाहन्छिन्।

‘हामी परिवारको बारे एकदमै धैर्यवान छौं’, उनले भनिन्। उनका जिजु बाजेले यो सुरु गरेका थिए। कुनै दिन उनका पुर्खाले पनि यो गर्ने छन्। आफ्नो पनातिले पनि एक दिन त्यसै गर्नेमा उनी ढुक्क छिन्। जलवायु परिवर्तनले अहिले पेसालाई सङ्कटमा पारेको कुरा उनी स्वीकार गर्छिन्।

‘हामी भविष्यमा पनि अन्य कुनै किसिमको समस्या नआओस् भन्नको खातिर यो सबै गर्न चाहन्छौं’, उनले भनिन्, ‘अष्ट्रेलियाको काबरनेटमा यो सधैँ उत्पादन हुने गरेको छ। तर, यो सधैँ लागु हुन्छ भन्ने छैन।’ स्रोत : बीबीसी

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : २८ बजे

कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन

आजका समाचार : पक्राउ परे दुर्गा प्रसाईं, रविविरुद्ध पुर्जी, श्रीलंकामा कम्युनिस्ट नेताले जिते

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ? संयुक्त

रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर – कांग्रेस–एमाले गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम