जमुनाह नाका आज रातिदेखि ७२ घण्टासम्म बन्द   « Khabarhub

जमुनाह नाका आज रातिदेखि ७२ घण्टासम्म बन्द  


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाल–भारत सीमास्थित जमुनाह नाका बन्द हुने भएको छ ।

भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण सीमा नाका बन्द हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज राति १२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ ।

सोमवार निर्वाचन सुरक्षा प्रयोजनका लागि सीमा नाका बन्द गर्ने विषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो ।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सिमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिएका छन् । सो समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ४७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड