उपेन्द्र यादवले आज सांसदको शपथ लिने « Khabarhub

उपेन्द्र यादवले आज सांसदको शपथ लिने


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिने भएका छन् ।

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार कानुन समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले शपथ गराउने कार्यक्रम तय भएको छ ।

उपनिर्वाचनबाट विजयी अन्य दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले यसअघि नै शपथ लिएर संसद् बैठकमा उपस्थित भइसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : १८ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन