गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’ « Khabarhub

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिँदै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।

१५औँ महाधिवेशनबाट अत्यधिक मतसहित सभापतिमा निर्वाचित भएपछि थापालाई बधाई दिँदै पौडेलले कांग्रेसको परिवर्तनलाई देशको परिवर्तनसँग जोड्नुपर्ने बताएका हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै पौडेलले कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभाराको नेतृत्व प्राप्त गरेकोमा थापालाई बधाई दिएका छन् ।

‘हामी युग बदल्ने संकल्प लिएर आएका छौँ । बाटो पक्कै सजिलो छैन,’ पौडेलले लेखेका छन्, ‘चुनौतीका पहाडहरू थुप्रै छन् । तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन ।’

उनले बदलिएको कांग्रेस र बदलिने देश आफूहरूको कर्म र परिणाम बन्नुपर्ने उल्लेख गर्दै पार्टी रूपान्तरणको यात्रामा इमानदार सहयात्रीका रूपमा सँगै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ,’ पौडेलले लेखेका छन्, ‘इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौँ ।’

कांग्रेसको १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि पौडेलको यो सन्देशलाई पार्टी रूपान्तरण र नयाँ नेतृत्वको कार्यदिशाप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १ : ११ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने