बेलहियासहितका सीमा नाका ४८ घण्टा बन्द हुँदै « Khabarhub

बेलहियासहितका सीमा नाका ४८ घण्टा बन्द हुँदै


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बेलहियासहित रुपन्देहीसँग जोडिएको भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ। भारतको उत्तर प्रदेश महरागंजमा बिहीबार (मे ४ मा) हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल–भारत सिमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो।

१२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाकाहरू बन्द गर्न लागिएको हो। चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजेसम्म)सिमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए। दुवै देशको प्रशासनका अधिकारीहरूको बैठकले १९ गते देखि २१ गते साँझ ६ बजे सम्मका लागि पूर्ण रूपमा सिमानाका सिल गर्ने निर्णय भएको हो।

सीमा बन्द भए पनि अति आवश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ। पेट्रोलियम पदार्थ,एम्बुलेन्स, शव वाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेक अन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनलाई नै लक्षित गरी नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ। निर्वाचनका समय आपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ। सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूले पनि संयुक्त गस्ती गर्ने छन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ५८ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक