एसिया कपका खेल नेपालमा खेलाउन पहल गर्नुहोस् : रबि लामिछाने « Khabarhub

एसिया कपका खेल नेपालमा खेलाउन पहल गर्नुहोस् : रबि लामिछाने


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरू नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् । 

 एसीसी प्रिमियम कप क्रिकेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल विजय भएकोमा बधाई दिँदै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पहल गर्नुपर्ने जनाएका हुन । 

‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भनेका छन्, ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस्। प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस्। नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुन सक्दछ।’ 

नेपालले आज युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियम कपको विजेता बनेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ३४ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड