नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा बधाई ज्ञापन  « Khabarhub

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा बधाई ज्ञापन 


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेकी छन्  ।    

उनले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उँचो बनाएको र क्रिकेट खेलप्रेमीहरूलाई खुसी तुल्याएको जनाएकी छन् । 

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गरेको पनि उनको सचिवालयले जनाएको छ ।   

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  २ : १८ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन