चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि युवाले दबाब दिन थालेका छन् । धुलाम्मे सडकका कारण हुने वायु प्रदूषणले निकुञ्जका जनावरलाई हानी गरेको भन्दै युवाहरूले धुलोरहित सडक निर्माणका लागि सम्बन्धित पक्षलाई दबाब दिन थालिएको स्थानीय नेत्रप्रसाद भुसालले जानकारी दिए । 

उनका अनुसार समृद्धिका लागि युवा अभियान माडीको नेतृत्वमा सोमबार मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो । समृद्धिका लागि युवा अभियान माडी र  माडी जेसीजको सहकार्यमा माडीको वसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म र्‍याली निकालिएको उनले जानकारी दिए । 

प्रदर्शनको क्रममा युवाहरूले निकुञ्जका जनावरहरुले पनि धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर र प्लेकार्ड पनि बोकेका थिए । ‘वायु प्रदूषणले जनावरलाई पनि हानी पुर्‍याउँछ, सँगै लडौं’, ‘वन्यजन्तु र मानव दुवैको हितका लागि धुलोरहित बाटो आजको आवश्यकता’ जस्ता लेखिएका प्लेकार्डसहित युवाले र्‍याली निकालिएको माडीका अभियन्ता हरि लम्सालले जानकारी दिए ।  

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ४४ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण