चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि युवाले दबाब दिन थालेका छन् । धुलाम्मे सडकका कारण हुने वायु प्रदूषणले निकुञ्जका जनावरलाई हानी गरेको भन्दै युवाहरूले धुलोरहित सडक निर्माणका लागि सम्बन्धित पक्षलाई दबाब दिन थालिएको स्थानीय नेत्रप्रसाद भुसालले जानकारी दिए । 

उनका अनुसार समृद्धिका लागि युवा अभियान माडीको नेतृत्वमा सोमबार मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो । समृद्धिका लागि युवा अभियान माडी र  माडी जेसीजको सहकार्यमा माडीको वसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म र्‍याली निकालिएको उनले जानकारी दिए । 

प्रदर्शनको क्रममा युवाहरूले निकुञ्जका जनावरहरुले पनि धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर र प्लेकार्ड पनि बोकेका थिए । ‘वायु प्रदूषणले जनावरलाई पनि हानी पुर्‍याउँछ, सँगै लडौं’, ‘वन्यजन्तु र मानव दुवैको हितका लागि धुलोरहित बाटो आजको आवश्यकता’ जस्ता लेखिएका प्लेकार्डसहित युवाले र्‍याली निकालिएको माडीका अभियन्ता हरि लम्सालले जानकारी दिए ।  

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ४४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको