प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि « Khabarhub

प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल बस्नेतले जानकारी दिए।

मुलुकको टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याएको हो । तहगतरुपबाट प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासेनानी बस्नेतले बताए। 

प्रतियोगितामा ३५ देखि ७० वर्ष उमेर समूहका खेलाडी आठ विधामा  सिङ्गल, डबल र  समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक विधामा कम्तीमा आठ टोली हुनुपर्नेछ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ । उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति वा समूहले आजदेखि यही वैशाख २३ गतेसम्म दर्ता गराउनुपर्नेछ । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै