चैते धान खेतीमा किसानको आकर्षण बढ्दो « Khabarhub

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए।

“अरु बेलाको धानको उत्पादन औसत चार मेट्रिक टन प्रतिहेक्टर छ, चैते धानको उत्पादन साढे चार मेट्रिक टनभन्दा बढी छ”, उनले भने, “त्यसैले चैते धान खेतीको क्षेत्र बढ्दै गएको छ ।” भीमदत्त नगरपालिकासहित जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास, बेलडाँडीलगायत क्षेत्रमा चैते धान खेती बढी हुने गरेको उनले बताए ।

“चैते धान खेती विशेष गरेर चिउरा, भुजाको लागि गरिन्छ, त्यसका लागि स्थानीयस्तरमै उत्पादित धानले सहजै बजार पाउने गरेको छ”, सूचना अधिकारी जोशीले भने, “चैते धान खेती गर्नसके राम्रै फाइदा हुन्छ ।”

कृषकले चैते धान खेतीका लागि बीउ लैजाने क्रम बढेको प्रधानमन्त्री कृषि आयोजना कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालले बताए । उनका अनुसार यस वर्ष कार्यालयबाट करिब २४ हेक्टर क्षेत्रफल जमिनलाई पुग्ने धानको बीउ वितरण भएको छ । “गत वर्ष १८ हेक्टर क्षेत्रफलका लागि बीउ गएको थियो”, उनले भने, “यसपटक विगतभन्दा अर्को ठाउँका किसानले पनि खेतीका लागि बीउ लगेका छन् ।” उनका अनुसार कञ्चनपुरमा चैते–५ र हर्दिनाथ जातको धानको खेती बढी हुने गरेको छ । “बोरिङको सुविधा अनिवार्य गरेका छौँ”, रिमालले भने, “विगतको तुलनामा किसानको आकर्षण बढेर चैते धान खेतीको क्षेत्र बढेको छ ।”

कञ्चनपुरको बेलाडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा सबैभन्दा बढी चैते धानको खेती हुने गरेको छ । किसानले चैते धान खेतीपछि बर्खे धान खेती गरेर दोहोरो फाइदा लिइरहेका छन् । अनुदानमा मल, बीउबिजन, कृषि औजार र उपकरण पाउन थालेपछि किसान बर्खे खेतीसँगै चैते खेतीप्रति पनि आकर्षित हुन थालेका हुन ।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ०६ बजे

बागमती प्रदेश : पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती– चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक

उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी