प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने | Khabarhub Khabarhub

भारत भ्रमणको तेस्रो दिन आज

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैन जाँदैछन्।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नेछन्।

त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन्। मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनका क्रममा भनेका थिए, ‘एक्सलेन्सी प्रधानमन्त्री प्रचण्डजी, आप कल इन्दौर और धार्मिक शहर उज्जैनकी यात्रा करेंगे, मुझे विश्वास हे, आपकी उज्जैन यात्रा ऊर्जामयी होगी और पशुपतिनाथसे महाकालेश्वरकी यात्रामें आपको आत्ध्यात्मिक अनुभूति भी होगी।’

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ।

यस क्रममा आज बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ६ : ४५ बजे

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान

इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा तनाव 

जेरुसेलम– इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण

गण्डकी– पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान