प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने « Khabarhub

भारत भ्रमणको तेस्रो दिन आज

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैन जाँदैछन्।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नेछन्।

त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन्। मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनका क्रममा भनेका थिए, ‘एक्सलेन्सी प्रधानमन्त्री प्रचण्डजी, आप कल इन्दौर और धार्मिक शहर उज्जैनकी यात्रा करेंगे, मुझे विश्वास हे, आपकी उज्जैन यात्रा ऊर्जामयी होगी और पशुपतिनाथसे महाकालेश्वरकी यात्रामें आपको आत्ध्यात्मिक अनुभूति भी होगी।’

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ।

यस क्रममा आज बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ६ : ४५ बजे

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका