शरणार्थी प्रकरण : बालकृष्ण र रिजालको बयान आज | Khabarhub Khabarhub

शरणार्थी प्रकरण : बालकृष्ण र रिजालको बयान आज


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण, सक्कली भुटानी शरणार्थीका नेता एवं अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ।

बयानका लागि विभिन्न बाहाना बनाउँदै आएका खाणसहित रिजाल र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको हो। आज तीन जनाको बयान सकिए आज पक्राउ परेका अदालती सबैको बयान सकिनेछ ।

हिजो बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान लिइएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो। बिहीबार यस गिरोहमा संलग्न एकजना फरार प्रतिवादी हरिभक्त महर्जन पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ । अझै १२ आरोपी फरार रहेको प्रहरीले जनाएको छ।

अब आइतबारदेखि थुनछेक बहस हुनेछ। थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ८ जना वकिलले बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि प्रतिवादीहरु तर्फका वकिलले बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि अदालतले पक्राउ परेकाहरुलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ।

यस प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध, संगठित अपराधसम्बन्धी कसुर मुद्दा चलाइएको छ। फरारहरुको खोजी तीब्र पारिएको काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन्।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : ०६ बजे

चिकित्सकको बलात्कारपछि हत्या : दोषी ठहर रोयलाई आजीवन कारावास

कलकत्ता– एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक, संसद् अधिवेशन बोलाउन सक्ने 

काठमाडौं– अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ  ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा

उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं – अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नेपालको

सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु

एजेन्सी – सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश

पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वनमा ‘पर्यटकीय