दाँतको हेरचाह र उपचार « Khabarhub

दाँतको हेरचाह र उपचार


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले धेरै मानिसको दाँतमा किरा लागेर साह्रै दुःख दिएको हुन्छ। कति जनाले त मैले कति दाँत त फुकालेरै फालिदिएँ भन्छन्। सामान्यतया हामीले खाएको खाना मुख तथा दाँतमा अड्किएर खाना खाएपछि कुल्ला वा ब्रस वा सफा गरिएन भने त्यो दाँतमा टाँसिन्छ। त्यो खानेकुरा मुखमा भएका हजारौँ कीटाणुका कारण एसिड बन्छ। त्यही एसिडले दाँत बिगार्न थाल्छ। त्यसलाई हामी किरा लागेको भन्छौँ। बालबालिकामा कम सरसफाइ गर्दा वा पाउरोटी, बिस्कुट, गुलियो, लिटो आदिको सेवन र अत्यधिक गुलियो खाद्य चकलेट मिठाइ धेरै खुवाउँदा पनि दाँतमा समस्या देखापर्छ। दाँतमा किरा लागेमा यसको उपचार केवल फिलिङ मात्र हो। फिलिङ नगराउँदा दाँतमा चिसो, तातो, गुलियो, खाने कुराहरू खाँदा सिरिङ सिरिङ गर्छ। शरीरका अन्य भागमा रोग लागेपछि उपचार हुन्छ। पहिलाको जस्तै स्वास्थ्य बनाउन सकिन्छ तर दाँत त्यस्तो अंग हो जुन एक पटक बिग्रेपछि पुन: पहिलाको जस्तो अवस्थामा ल्याउन सकिँदैन।

यी लापरबाहीले दाँतमा समस्या आउँछ
खानेकुरा खाइसकेपछि ब्रस र कुल्ला नगर्दा, गुलियो, त्यसमा पनि अझ टाँसिने, प्रशोधित खानाको प्रयोग गर्दा दाँतमा समस्या आउछ।

दाँतको घरेलु उपचार
-दैनिक रूपमा कुनै खाने कुरा खाइसकेपछि नुन–पानीले कुल्ला गर्नुपर्छ। यसो गर्दा मुखमा भएका फोहोर खानेकुरा हटाएर सफा गरिइदिनुका साथै दुखाई कम हुँदै जान्छ।
-दुखेको दाँतमाथि चिसो कटनको टुक्रा एक छिन राख्दा क्षणिक रुपमा दुखाइ कम हुन्छ।
-दाँत दुख्दा थोरै ल्वाङको तेल कपासमा राखेर घरमै उपचार गर्न सकिन्छ।
-ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ।
-दाँतको पीडालाई रोक्न तुलसीको पातलाई राम्रोसँग पिसेको पेस्ट वा रस बनाएर दुखेको ठाउँमा लगाउँन सकिन्छ।
-गाउँघरतिर पाइने सत्तेजीवन तथा भिष झारको पात दुखेको दाँतमा राखेर केही बेर च्याप्दा दुखाइ कम हुँदै जान्छ।
-दाँत मोल्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ।
-थोरै पानीमा बेसार हालेर पेस्ट बनाएर दाँतमा लगाउँदा दुखाई कम हुन्छ।
दाँत किराले खाना नदिने उपाय
-बिहान बेलुका खाना खाइसकेपछि राम्ररी दाँतको चारै तिर नरम ब्रसले दाँत माझ्ने।
– दाँत माझ्न सम्भव नभए सफा पानीले मात्र भए पनि मुख कुल्ला गर्नुपर्छ।
– दाँतलाई स्वास्थ्य राख्न दाँतमा टाँसिने खालका खाना र गुलिया खानेकुरा कम खानुपर्छ।
– प्रत्येक ६ महिनाको फरकमा दन्त चिकित्सकलाई भेटेर दाँतको जाँच गर्नुपर्छ।
-दाँतलाई बलियो बनाउने भिटामिन बी र सी युक्त खाने कुरा खानुपर्छ।
– मुला, गाजर, पालक, टमाटरलगायत फलफूल खाने।
प्रकृतिले दिएको शरीरको सबैभन्दा कडा तन्तु दाँत हो। त्यसैले एक पटक नोक्सान भइसकेपछि नपाउने तन्तु नै दाँत हो। एक पटक नोक्सान भइसकेपछि त्यसको क्षतिपूर्ति भनेको नक्कली वस्तुले नै गर्नुपर्दछ। जसलाई सिमेन्ट भर्ने भनिन्छ। त्यसैले सबैले प्रत्येक ६ महिनाको फरकमा दाँतको जाँच गर्नुपर्ने दन्त चिकित्सक बताउँछन्।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : १३ बजे

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध