मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी « Khabarhub

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनमा भाग लिन सातै प्रदेशका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेका छन्। घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार आगन्तुक अतिथिका लागि स्थानीय होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ।

सम्मेलन व्यवस्थापनका लागि गाउँपालिकाका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसंस्था परिचालन गरिएको छ। गाउँपालिका उपाध्यक्ष जमुना थकालीले अतिथिका लागि बिहानको खाजा र खाना सम्मेलनस्थलमै आमा समूहले व्यवस्थापन गर्ने तथा बेलुकीको खाना र बसाइ तोकिएका होटलहरूमा हुने जानकारी दिइन्।

सम्मेलनका लागि जोमसोमका सडक र बस्तीहरूलाई स्थानीय मौलिक कला, संस्कृति तथा ध्वजापतङ्गाले सजाइएको छ। मुख्य तथा भित्री सडकहरूमा सडक बत्ती जडान गरिनुका साथै स्वास्थ्य परीक्षण, खानेपानी, इन्टरनेट, विद्युत्, सवारी पार्किङ र ट्राफिक व्यवस्थापनलाई सहज बनाइएको छ।

जोमसोम कभर्डहलमा हुने सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउन २८ फिट उचाइको ‘रोइरहेको पृथ्वी’ अङ्कित गोलाकार बेलुन राखिएको छ। साथै मुस्ताङका स्थानीय कृषि उत्पादन प्रवर्द्धनका लागि ५० भन्दा बढी स्टलहरू राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताए।

दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनका असर र अनुकूलनसम्बन्धी विशेष घोषणापत्र जारी गर्नेछ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ९ : ३० बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु