करिनाको बाथरुममा सलमानको पोस्टर ! « Khabarhub

करिनाको बाथरुममा सलमानको पोस्टर !


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब रिलिज भयो, उनी रातारात स्टार बने।

फिल्मको सफलताले उनलाई ठूलो स्टार बनाइदियो। त्यो समयमा करीना कपूर सलमानको लोकप्रियता देखेर फिदा भइन्। रोचक कुरा त के भने उनले सलमानको पोस्टर बाथरुममा नै राखिन्।

तर, केही समयपछि उनले त्यो पोस्टर हटाइन्। कारण बने, अभिनेता राहुल रोय किनकी केही समयपछि अभिनेता राहुल फिल्म ‘आशिकी’बाट स्टार भएका थिए।

सलमानले आफ्नो करियरमा करिनाकी दिदी करिश्मा कपूर र करिना दुवैसँग सहकार्य गरेका छन्। सलमानले करिश्माका साथ ‘जुडुवा’, ‘अन्दाज अपना अपना’ र ‘जीत’ जस्ता फिल्ममा काम गरेका थिए। त्यही समयमा करिना स्कुलमा पढिरहेकी थिइन्।

सलमानले ‘दशका दम’मा करिनासँग जोडिएको यो रोचक किस्सा सुनाएका थिए। ‘त्यो समय करिश्मा र म ‘निश्चय’को सुटिङ गरिरहेका थियौं। करिश्माले मलाई बेबो (करिना)ले आफ्नो बाथरुममा मेरो पोस्टर लगाएको सुनाइन्। तर त्यसपछि ‘आशिकी’ रिलिज भएपछि उनले मेरो पोस्टर हटाएर राहुल रोयको पोस्टर लगाइन्।

करिनाले स्वयं आएर मलाई बाथरुममा मेरो पोस्टर नभएको र उक्त स्थानमा राहुल रोयको पोस्टर राखेको सुनाइन्’, सलमानले भनेका छन्। ‘दशका दम’मा त्यो बेला करिश्मा र करीना दुवै थिए। सलमानको कुरा सुनेर करीना हाँसेकी थिइन्। करिनाले सलमानका साथ ‘बडीगार्ड, ‘बजरंगी भाइजान’ र ‘मे और मिसेज खन्ना’ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : १९ बजे

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको