करिनाको बाथरुममा सलमानको पोस्टर ! « Khabarhub

करिनाको बाथरुममा सलमानको पोस्टर !


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब रिलिज भयो, उनी रातारात स्टार बने।

फिल्मको सफलताले उनलाई ठूलो स्टार बनाइदियो। त्यो समयमा करीना कपूर सलमानको लोकप्रियता देखेर फिदा भइन्। रोचक कुरा त के भने उनले सलमानको पोस्टर बाथरुममा नै राखिन्।

तर, केही समयपछि उनले त्यो पोस्टर हटाइन्। कारण बने, अभिनेता राहुल रोय किनकी केही समयपछि अभिनेता राहुल फिल्म ‘आशिकी’बाट स्टार भएका थिए।

सलमानले आफ्नो करियरमा करिनाकी दिदी करिश्मा कपूर र करिना दुवैसँग सहकार्य गरेका छन्। सलमानले करिश्माका साथ ‘जुडुवा’, ‘अन्दाज अपना अपना’ र ‘जीत’ जस्ता फिल्ममा काम गरेका थिए। त्यही समयमा करिना स्कुलमा पढिरहेकी थिइन्।

सलमानले ‘दशका दम’मा करिनासँग जोडिएको यो रोचक किस्सा सुनाएका थिए। ‘त्यो समय करिश्मा र म ‘निश्चय’को सुटिङ गरिरहेका थियौं। करिश्माले मलाई बेबो (करिना)ले आफ्नो बाथरुममा मेरो पोस्टर लगाएको सुनाइन्। तर त्यसपछि ‘आशिकी’ रिलिज भएपछि उनले मेरो पोस्टर हटाएर राहुल रोयको पोस्टर लगाइन्।

करिनाले स्वयं आएर मलाई बाथरुममा मेरो पोस्टर नभएको र उक्त स्थानमा राहुल रोयको पोस्टर राखेको सुनाइन्’, सलमानले भनेका छन्। ‘दशका दम’मा त्यो बेला करिश्मा र करीना दुवै थिए। सलमानको कुरा सुनेर करीना हाँसेकी थिइन्। करिनाले सलमानका साथ ‘बडीगार्ड, ‘बजरंगी भाइजान’ र ‘मे और मिसेज खन्ना’ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : १९ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको