तोकियो तरकारी र फलफूलको मूल्य  | Khabarhub Khabarhub

तोकियो तरकारी र फलफूलको मूल्य 


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइनेछ।

सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ९ रुपैयाँ ६० पैसा र सबैभन्दा महंगो सकोको खुर्सानी किलोको ४६५ रुपैयाँ कायम भएको छ।

किवि र आभोकाडो प्रतिकेजी ४५० रुपैयाँ, ठुलो गोलभेँडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा ४५ रुपैयाँ, सानो गोलभेँडा (लोकल) १८ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ।

तोरीको साग र लाम्चो फर्सी ३५ रुपैयाँ, रातो आलु र मुडेको आलु ४१ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ, गाजर (लोकल), हरियो लसुन र हरियो खुर्सानी ७५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८५ रुपैयाँ, रातो मूला र तितो करेला ४५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, तने बोडी ५५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, टाटे सिमी १४६ रुपैयाँ ६७ पैसा, भटमासकोसा ११६ रुपैयाँ, परवर ८५ रुपैयाँ, घिरौँला ५६ रुपैयाँ, भिण्डी ६६ रुपैयाँमा किनबेच भइरहेको छ।

यसैगरी पालूगों, चमसूर, मेथीको साग, सौफको साग र पुदिना ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४६ रुपैयाँ, डल्ले च्याउ २९४ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ चुकुन्दर, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ९ : १० बजे

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही