गण्डकीका खेलाडीको लगत संकलन गरिने « Khabarhub

गण्डकीका खेलाडीको लगत संकलन गरिने


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ। परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो।

परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई जिल्ला तहमा रहेका खेलाडीको व्यक्तिगत विवरणसहितको लगत पठाउन परिपत्र गरिसकेको बताए।

“प्रतियोगितामा पाएको पदकसहित खेलाडीको विवरण सङ्कलन गर्दैछौँ, आउँदो असारभित्र सबै राष्ट्रिय खेलाडीको तथ्याङ्क तयार हुन्छ”, उनले भने, “खेलाडी भनेको हाम्रो सम्पत्ति हो, सम्मानका लागि पनि खेलाडीको नाम र योगदानलाई लिपिबद्ध गर्नुपर्छ।”

सदस्यसचिव शर्माले प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडी कति छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नरहेको उल्लेख गरेका छन्। खेलाडीको लगत लिँदा प्रदेशमा कुन खेलको अवस्था र सम्भावना कस्तो छ भनेरसमेत थाहा पाउन सकिने परिषद्ले जनाएको छ। गण्डकी प्रदेशमा विश्व खेलकुदको महाकूम्भ ओलम्पिकसम्म भाग लिएका खेलाडी छन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : ५५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६