मापदण्डमा बनेन जयरामघाट-हलेसी सडक | Khabarhub Khabarhub

मापदण्डमा बनेन जयरामघाट-हलेसी सडक


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

खोटाङ – पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत खोटाङको जयरामघाट–हलेसी (३५ किलोमिटर) सडक खण्डलाई मध्यपहाडीको मापदण्डअनुसार फराकिलो बनाइएको छैन। मध्यपहाडी राजमार्गको ‘एलाइनमेन्ट’मा पर्ने भए पनि जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्डअनुसार चौडा गर्न ढिलाइ गरिएको हो।

मध्यपहाडीको अन्य खण्डको चौंडाई कम्तीमा नौ मिटर छ तर जयरामघाट–हलेसी सडक खण्डको चौंडाई साँढे चारदेखि पाँच मिटर मात्र छ। मध्यपहाडी लोकमार्ग आयोजनाभन्दा अघि नै बनेको हिलेपानीदेखि जयराम–हलेसी खण्डलाई मध्यपहाडीको मापदण्ड अनुसार स्तरोन्नति गर्न हालसम्म राज्यको ध्यान जान सकेको छैन।

जयराम–हलेसी सडकमा २०६५ देखि २०६७ सालबीचमा ओटासिल पिच गरिएको थियो। आर्थिक वर्ष २०६९/०७० देखि मध्यपहाडी राजमार्ग आयोजनाको काम सुरु गर्दा जयराम–हलेसी सडकलाई छाडेर अन्य खण्डमा मात्र स्तरोन्नतीको काम गरिएको थियो। सोही कारण हालसम्म जयराम–हलेसी सडक मध्यपहाडीको मापदण्ड अनुसार बन्न नसकेको हो। जिल्लासभाको निर्णय अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बैसाख ३ गते भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई लिखितरुपमा मध्यपहाडी राजमार्ग घोषणा हुनुभन्दा अगाडिको जयरामघाट–हलेसी सडकलाई मध्यपहाडीको मापदण्ड अनुसार चौडा गर्नका लागि ध्यानकर्षण गराएका थिए।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी लगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो। मध्यपहाडीको मापदण्ड अनुसार बनाउन छुटाइएको सो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सवारी साधनको बाक्लो ओहोर–दोहोर हुनेगरेको छ। सडक साँघुरो र जिर्ण हुँदा सबैभन्दा धेरै हलेसी आएर फर्कने दर्शनार्थी मारमा परेका छन्। भक्तजनले हलेसी आउनेजाने क्रममा जोखिम मोलेर साँघुरो सडक पार गर्नुपरेको भन्दै गुनासो पोख्ने गरेको हलेसीस्थित होटल तुवाचुङका सञ्चालक राजेश राई बताउँछन्।

‘पूर्व–पश्चिम जोड्ने बाटो खुलेको छ। तर बीचमा जयरामदेखि हलेसी खण्डको अवस्था नाजुक छ। राम्रो बाटो छैन, विकराल छ। यसलाई मध्यपहाडीको मापदण्ड अनुसार बनाइनुपर्‍यो,’ राईले भने, ‘त्रि–धार्मिकस्थल हलेसीमा भक्तजन आउनुहुन्छ। यत्रो ठूलो धार्मिकस्थल छ तर बाटोचैं किन यती साँघुरो भयो भनेर प्रश्न गर्नुहुन्छ। यहाँ सरकार छैन की नेता छैनन् भनेर सोध्नु हुन्छ। प्रश्न सुन्दा अप्ठ्यारो लाग्छ।’

जयराम–हलेसी सडक खण्डमा साँघुरो बाटो भएका कारण मोडहरुमा लामो गाडीलाई टर्निङ गर्न कठिन छ। नियमित मर्मत अभावमा उत्तिकै खाल्डाखुल्डी बनेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए। चालक छिन–छिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारी साधन चलाउन बाध्य छन्। खाल्डोमा वर्षा याममा पानी जमेर आहाल बन्ने गरेको छ। खराव अवस्थाको सडकका कारण जिल्लाप्रति नकरात्मक सन्देश गइरहेको व्यवसायी राईले बताए। आवधिक मर्मत अन्तरगत सडक विभाग र पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जयराम–हलेसी सडकलाई पटक–पटक मर्मत गर्दैआएको छ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १ : ०१ बजे

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति

प्रतिनिधिसभा बैठक बस्दै,सम्बन्धित मन्त्रीहरुले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई