बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो | Khabarhub Khabarhub

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०-८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ ।

सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन् ।

सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक उच्च माविमा कार्यरत शिक्षक, शिक्षक सिकाइ अनुदानमा कार्यरत शिक्षक, स्थानीय सरकारबाट नियुक्त शिक्षकको व्यवस्थापनमा पूर्णता बेवास्ता गरेको बताएको छ ।

बजेटले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा बजेट मौन रहेको, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन नभएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले निरन्तरता नपाएको महासचिव रावलले बताए ।

आधारभूत तहमा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यामिक तहमा अनिवार्य शिक्षासम्बन्धी संवैधानिक व्यवस्थालाई बजेटले पूरै बेवास्ता गरेको सङ्घले जनाएको छ । यसैगरी बजेट विद्यार्थीलाई दिवा खाजा अनुदान अपर्याप्तताबारे मौन रहेको र अन्य कक्षाका विद्यार्थीलाई पनि खाजा सुविधा नगरिएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ३ : १० बजे

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही