पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन  | Khabarhub Khabarhub

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन 


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । 

उनीहरूले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐक्यवद्धता जनाउदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

 लगानीकर्ताको सम्पत्तिमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्दालाई सम्पूर्ण लगानीकर्ताहरू एकजुट भएर अघि बढाउन सुझाव दिए ।

उनले यस विषयमा संसद्‌मा शसक्त रुपमा आवाज उठाउने जानकारी दिए । यता अर्थमन्त्री डा प्रकाशशरण महतले भने सेयर आमलगानीकर्ताहरू आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ३५ बजे

गोंगबु बसपार्कमा गाउँ फर्कनेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– महान चाड दशैं आँगनमै आइसकेको छ । यतिबेला काठमाडौं

प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले

काठमाडौं – नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह

‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक

‘आँबाट आमा’को छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई

काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

पोखरा– मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ