लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा | Khabarhub Khabarhub

लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन गरेका सनमकुमार वैरागीले निर्देशन गर्ने यो फिल्म बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ ।

भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो फिल्म घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । फिल्ममा नेपालबाट श्रीदेव र शारदको साथमा दिनेश केसी र युकेबाट दिल घले र नवीन थापा निर्माता रहेका छन् ।

सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो फिल्मको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।

घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेशराज मोक्तान, फिल्म निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवानदास चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ३८ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको