विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज जेठ १९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ ।

आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।”

आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलङ्काको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताए ।

उनले वर्तमान आर्थिक सङ्कटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएको बताए ।

भ्रमणका क्रममा उनले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपायहरू, विशेष गरी राजस्व सङ्कलनका उपायहरूको महत्वबारे अधिकारीहरूसँग छलफल गरेका थिए ।

“समयमै र पारदर्शी तरिकाले ऋण रणनीतिमा वार्ता गर्ने अधिकारीहरूको प्रतिबद्धताबाट म उत्साहित भएँ । ऋणदाताहरूसँगको निरन्तर खुला संवादले कार्यक्रम लक्ष्यहरू अनुरूप ऋण स्थिरता पुनःस्थापना गर्न र पुनर्संरचना सम्झौताहरूमा पुग्न मद्दत गर्नेछ,” उनले भने ।

ओकामुराले भने, “श्रीलङ्का आर्थिक सङ्कटबाट गुज्रिरहेको छ, यस संकटबाट असमान रूपमा प्रभावित भएका गरिब र अति जोखिममा रहेकाहरूलाई संरक्षण गर्नु अत्यावश्यक छ ।”

यसै वर्षको मार्चमा आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई सहयोग गर्न करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा अन्तर्गत ४८ महिनाको विस्तारित ऋण व्यवस्थालाई अनुमोदन गरेको थियो ।

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरपूर्वी भागमा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

पाकिस्तानद्वारा थप २ सय भारतीय माझी रिहा

पाकिस्तानले आज थप दुई सय भारतीय माझीलाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय माझीलाई रिहा गरेको थियो ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले राजनीतिक आवरण नदिने नीति अङ्गीकार गरेको जनाएका छन् ।

पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो ।

गत मे १५ मा लान्डी जेलबाट रिहा भएका एक सय ९८ भारतीय माझी वाघा सीमा पार गरेर गुजरात पुगेका थिए । पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका छ सय ५४ जना माझीमध्ये छ सय ३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ ।

यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका छ सय ५४ मध्ये चार सय ९९ लाई रिहा गर्ने निर्णय गरेको थियो । अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) लाई लिएर भारत र पाकिस्तानबीच मतभेद छ ।

पाकिस्तानको सामुद्रिक सुरक्षा निकायले आफ्नो क्षेत्रीय जलक्षेत्रको उल्लङ्घन गरेको आरोपमा हरेक वर्ष केही सय भारतीय माझीलाई पक्राउ गर्छ भने त्यसको बदलामा भारतीय निकायहरूले पनि प्रत्येक वर्ष पाकिस्तानी माझीलाई आईएमबिएल पार गरेको आरोपमा गिरफ्तार गर्दै आएको छ ।

सेनेगल झडपमा नौ जनाको मृत्यु

सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको मृत्यु भएको छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडपमा परी नौ जनाले ज्यान गुमाएकाे गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीबार अदालतको फैसला सार्वजनिक हुने बित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएका थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको,घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीबारको फैसला पछि प्रहरी र प्रदर्शनकारीहरू बीच झडप मात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो,सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको मृत्यु भएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा भनेका छन् ।

दुई जना प्रहरी अधिकारीले एएफपीलाई आफ्नो नाम नछाप्ने सर्तमा जिगुइन्चोरमा भएको प्रदर्शनमा कम्तीमा तीन जनाको मृत्यु भएको र राजधानीमा युवा प्रदर्शनकारीले एक प्रहरीलाई ढुङ्गाले हानेर मारेको बताए ।

बलात्कार अभियोगमा अदालतले उनलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले जनतालाई सडकमा आउन आह्वान गरेको थियो ।

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठा विरोध प्रदर्शन भएको छ।

जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन्। उनी सो क्रममा चर्चको मुख्य वेदीमा लुगा बिना नै उभिएका थिए। ‘उक्त व्यक्तिको पछाडि युक्रेनका बालबालिकालाई बचाउन माग गर्दै नारा लेखिएको थियो’ त्यहाँस्थित तैनाथ सुरक्षाकर्मीले रोयर्टसलाई भने।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो घटना बिहीबार दिउँसो चर्च बन्द हुनु अघि भएको हो। त्यहाँस्थित क स्रोतले भने कि प्रदर्शनकारीले आफ्नो शरीरलाई नङले कुँजाएका थिए।

सो प्रदर्शन गर्ने व्यक्तिलाई भ्याटिकनका गार्डले प्रहरीलाई जिम्मा लगाएका थिए। यद्यपि उक्त व्यक्तिको परिचय भने खुलाइएको छैन।

अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि…

अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन्।

कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा उनी लडेका हुन्।

उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए।

सो कार्यक्रममा उपस्थित ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए। ह्वाइट हाउसका सञ्चार निर्देशकले पहिले भने, ‘अहिले उनी ठिक छन्।,’

‘उहाँले हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोला थियो, त्यसैमा ठोक्किँदा खुट्टा लडबडाउन पुग्यो,’ निर्देशक बेन लाबोल्टले बिहीबारको सो घटनाबारे ट्विटरमा लेखेका छन्।

त्यो साँझ ह्वाइट हाउसमा फर्किँदा पत्रकारहरूसँग मुस्कुराउँदै राष्ट्रपतिले भने, ‘म बालुवाको झोलामा ठोक्किए, अनि लडे जस्तो भएँ।’

पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ । मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ । मृत्यु हुनेमा हसिना मा, बिलाल, इकबाल, शानो माई र चार वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

घाइतेहरुलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपी विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्वीडेनमा चक्कु प्रहारबाट चार विद्यार्थी घाइते

स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् ।

खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो । एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह रहेको र ती समूहका कम्तीमा दुई युवाहरूलाई चक्कुले चोट लागेको देखिएको थियो ।

प्रहरीले कम्तीमा एउटा हतियार प्रयोग भएको पुष्टि गरेको छ, तर घाइतेहरूको पहिचान र उनीहरूको चोटको प्रकृति खुलाएको छैन ।

राजधानी स्टकहोमबाट करिब ८८ किलोमिटर पश्चिममा रहेको एस्किलस्टुनामा रहेको विद्यालयका प्रधानाध्यापकले उनीहरू सबै कक्षा ९ का विद्यार्थी भएको र चारैजनालाई चक्कुले चोट लागेको दागेन्स न्याहेटर अखबारलाई बताए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : ५९ बजे

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

काठमाडौं–  धनकुटा र सल्यानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना

म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू उक्त पार्टीमा

एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको जारी दशौँ ममहाधिवेशनबाट ९३

महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक– जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी

केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ (तस्बिरहरू)

काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनमा तीनजना पदाधिकारीसहित चयन