एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार | Khabarhub Khabarhub

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र बहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।

अमेरिका भ्रमणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ । १० औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। त्यसयता उनको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो ।

घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गरेका थिए। टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उनी अमेरिकी भ्रमणमा निस्केका हुन् ।

भेटमा महासचिव जोशीले विगतका तिता-मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भूमिका निर्वाह गर्न घलेलाई आग्रह गरेका थिए ।

जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै संघलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । घलेले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राखेका थिए। घलेले सबै पञ्जीकृत सदस्यलाई मतदानको अधिकार दिनुपर्ने अडान राखेका थिए । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुने भएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उनले जोड दिएका थिए ।

घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गरेका थिए ।घलेले विधानविपरीत जाने छुट कसैलाई नभएको बताएका थिए ।

आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : २४ बजे

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान

आइतबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द

 काठमाडौं– आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा