जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

मृत्युक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर यहाँको तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । ट्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ ।

दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : ३९ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी

गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ 

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 

काठमाडौं– गृह मन्त्रालयले वर्तमान अवस्थामा  सभा सम्मेलन तथा विरोध कार्यक्रम

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक