जङ्गली च्याउ खाँदा आमाछोराको मृत्यु | Khabarhub Khabarhub

जङ्गली च्याउ खाँदा आमाछोराको मृत्यु


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ ।

सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

सिकिस्त रहेका उनीका छोराको पनि आइसियु कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए । प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।

जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । उपचारमा संलग्न जिल्ला अस्पतालका डा डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठीक भएर आमा छोराको स्याहारमा रहेका थिए भने आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो ।

अचानक आज मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा खड्काले जानकारी दिए।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ९ : ३२ बजे

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक