एमाले सचिवालय बैठक : नेताको जिम्मेवारी हेरफेर « Khabarhub

एमाले सचिवालय बैठक : नेताको जिम्मेवारी हेरफेर


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो ।

एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

यस्तै बैठकले पार्टीको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश, जिल्ला र पालिका तहसम्म केन्द्रीय कमिटीका नेतालाई इन्चार्जका रूपमा खटाउने निर्णय गरेको छ । एमालेले सातै प्रदेशका इन्चार्ज परिवर्तन गरी पार्टीका सचिवलाई प्रदेश इन्चार्ज तोकेको छ ।

कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, वागमतीमा तोक्न बाँकी, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदुरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकिएको छ ।

प्रचार सचिव विष्टका अनुसार बैठकले केही विभागको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । सङ्गठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी तोकिएको छ । यसअघि प्रचार विभागको प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ रहेका थिए ।

बैठकले जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलमा स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई दिएको छ भने केन्द्रीय कमिटी सदस्यलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको प्रचार सचिव विष्टले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १० : ३७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा