टिकटकमा डरलाग्दो अफवाह | Khabarhub Khabarhub

टिकटकमा डरलाग्दो अफवाह


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

यसै साताको सुरुवातमा टिकटकले जलवायु परिवर्तनको असर कम गर्नका लागि कसम खाएको थियो। तर लगत्तै एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले हेरेको एउटा भिडियोले प्रस्ट पारेको छकी जलवायु परिवर्तनको बारे अफवाह रोक्न टिकटक सङ्घर्षरत छ। अथवा यस कम्पनीको प्रभाव भन्दा बाहिर पुग्ने गरी अफवाह फैलिएका छन्। टिकटकमा जलवायु परिवर्तनको खोजी गरियो भने डान पारिया नामकी एक जनाको भिडियो फेला पर्न सक्छ। आफ्नै स्टाइलका व्यावसायिक प्रशिक्षक ती पुरुषका हजारौँ समर्थक छन्।

सो भिडियो सन् २०१७ को प्रिमियर डकुमेन्ट्रीका लागि भएको थियो। त्यसमा दर्शक र महिलाबीचको अन्तरक्रिया देखाउन खोजिएको थियो। सो भिडियोको उद्देश्य जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न पैसाको मात्र आवश्यकता हो भन्ने पुष्टि गर्न खोजिएको छ। वित्तीय क्षेत्र र बैङ्किङ क्षेत्रले यसलाई कम गर्न सकिन्छ भन्ने प्रस्तुत गरिएको छ। जुन आफैमा एउटा भ्रम हो। मानवीय संवेदना नै संसारको सबै भन्दा मुख्य विषय हो भन्ने युगमा यो एउटा सबै भन्दा ठुलो भ्रम हो। यस विषयमा पारिया भने आफ्नो अडानमा दृढ छन्। उनले यो नयाँ विषय नभएको बताउँदै आएका छन्।

टिकटकमा जलवायु परिवर्तनको खोजी गरियो भने डान पारिया नामकी एक जनाको भिडियो फेला पर्न सक्छ। आफ्नै स्टाइलका व्यावसायिक प्रशिक्षक ती पुरुषका हजारौँ समर्थक छन्।

उनले यसो भनी रहँदा के साँचो हो भने संसारका धेरै आय भएका देश नै यसमा असफल छन्। जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सबै भन्दा सफल देश भुटान भने ठुलो औद्योगिक देशको सूचीमा छैन। अहिलेको वैज्ञानिक विकास नै मानव जीवन जोखिममा पर्ने सबैभन्दा महत्त्वपूर्ण विषय बनेको छ।

पारियाले त यत्तिसम्म गरेका छन् कि उनले आफ्नो भिडियो बारम्बार हटाउने र राख्ने गरेका छन्। यसमा विभिन्न परिवर्तन गर्ने गरेका छन्। यसमा लाखौं समर्थक पनि थपिँदै गएका छन्। टिकटकको दाबी भने घातक सूचना प्रवाह गर्नेलाई निगरानीमा राख्ने भन्ने छ। उसले प्रयोगकर्ताका बारे सूचना जारी गरी रहेको जनाएको छ। त्यो दाबी गरिए पनि कम्पनीले तीन करोडले हेरेको सो भिडियो अझै हटाएको छै।

पारियाले त यत्तिसम्म गरेका छन् कि उनले आफ्नो भिडियो बारम्बार हटाउने र राख्ने गरेका छन्। यसमा विभिन्न परिवर्तन गर्ने गरेका छन्। यसमा लाखौं समर्थक पनि थपिँदै गएका छन्।

टिकटकमा मात्र तीन सय ६५ वटा भिडियो जलवायु परिवर्तन मानिसको गल्तीको कारण भएको होइन भन्ने भ्रमपूर्ण अफवाह फैलाउन सक्षम भएको देखिएको छ। गत अप्रिलमा टिकटकले एउटा कम्युनिटी गाइडलाइन तयार पारेर थियो। सो गाइडलाइन अनुसार प्रचलित मान्यता विपरीत कुनै पनि विषय टिकटकमा प्रस्तुत नगर्ने भन्ने थियो। पारियाको मत जलवायु परिवर्तनको समस्या हजारौं वर्ष अघि देखिको रहेको तथा निरन्तरको प्रक्रिया भएका कारण यो मान्छेको कारण सिर्जित समस्या नै हो।

वैज्ञानिक मत भने मान्छेमा रहेको औद्योगिक विकाससँगै यसले वातावरणमा प्रतिकुल प्रभाव पारेको छ। साथै यसले गर्ने कार्बन उत्सर्जनका कारण हरेक दिन पृथ्वीको तापक्रम बढी रहेको छ। वैज्ञानिक मत अनुसार कार्बन उत्सर्जन कम हुने ऊर्जाको श्रोतको खोजी नै नयाँ उपाय हो।

पारियको यो विरोधाभास र भ्रमपूर्ण भिडियो नै धेरै प्रयोगकर्ताले फेरि प्रयोग गर्ने गरेका छन्। उनीहरूले बारम्बार यसलाई प्रयोग गर्दा असर पनि संसारभर नै पर्दै आएको छ। यस्ता भ्रमपूर्ण भिडियो लाखौँले अहिले पनि हेरिरहेका छन्।

यसपछि टिकटकमा आवाज नउठेको होइन। तथापि त्यस कम्पनीले यस्ता ९५ प्रतिशत भिडियो हटाएको छैन। टिकटकले जलवायु परिवर्तनको यथार्थ पत्ता लगाएपछि मात्र यसको बारेमा निर्णय गर्ने जनाएको छ। टिकटककै दाबी अर्को पनि छ। जब, प्रयोगकर्ताले जलवायु परिवर्तनको कुरा देख्छन्, उनीहरूले संयुक्त राष्ट्र सङ्घको साइटमा गएर धारणा बनाउँछन्।

वैज्ञानिक मत भने मान्छेमा रहेको औद्योगिक विकाससँगै यसले वातावरणमा प्रतिकुल प्रभाव पारेको छ। साथै यसले गर्ने कार्बन उत्सर्जनका कारण हरेक दिन पृथ्वीको तापक्रम बढी रहेको छ। वैज्ञानिक मत अनुसार कार्बन उत्सर्जन कम हुने ऊर्जाको श्रोतको खोजी नै नयाँ उपाय हो।

सामाजिक सञ्जालमा सक्रिय विज्ञान अभियन्ता रेस सल्गाडो डी आर्की भने टिकटकले सामाजिक क्षेत्रमा भयङ्कर ठुलो भ्रम फैलाएकोमा चिन्ता व्यक्त गर्छन्। टिकटकले फैलाएको सूचना सही या खराब भन्ने पत्ता लगाउने कुनै संयन्त्र नै नभएकोमा उनी चिन्ता व्यक्त गर्छन्।

यसरी गलत अफवाह फैलाउने भिडियो अङ्ग्रेजी भाषामा मात्र होइन अन्य धेरै भाषामा बनाइएका छन्। स्पेनिस, टर्कीस, अरबी, पोर्तुगीज र रुसी भाषामा पनि यस्ता टिकट बनाइएका छन्।

जलवायु अनुमान तथा अनुसन्धान संस्था मेट अफिसमा वैज्ञानिक डङ म्याकनेल पनि टिकटमा यस्ता विषय सजिलै पाइन सकिने भएका कारण यो समस्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्छन्। ‘गलत सूचनाले हामीले गर्नै पर्ने काममा ठुलो बाधा अड्चन खडा गरेको छ,’ उनले भने।

टिकटकले यस बारेमा आफूलाई चासो रहेको बारम्बार जनाउँदै आएको कारण नै अप्रिल महिनामा जलवायु परिवर्तन सम्बन्धी विषयलाई प्राथमिकता दिने कुरा उठाएको हो। त्यस समयमा टिकटकले ब्यानर नै बनाएर यसको विरुद्धमा उत्रने जनाएको थियो।

जलवायु अनुमान तथा अनुसन्धान संस्था मेट अफिसमा वैज्ञानिक डङ म्याकनेल पनि टिकटमा यस्ता विषय सजिलै पाइन सकिने भएका कारण यो समस्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्छन्।

बेलायतका थिङ ट्याङ्क तथा जलवायु अध्ययन तथा नीति निर्माणमा सक्रिय जियान किङ यसरी अफवाह फैलाइए पजि मानिसलाई नियम कानुन नै अप्रसांगीक लाग्नु स्वाभाविक भएको प्रतिक्रिया दिन्छन्। उनकै विचारमा यस खालको अफवाह फैलाउने व्यक्तिले नीति निर्माण नै असफल बनाउन पनि सक्छन्। बेलायतका प्रविधि तथा डिजिटल अर्थतन्त्र मन्त्री पाउल स्कुली आफ्नो देशले यसले ल्याउन सक्ने समस्यालाई न्यूनीकरण गर्न नयाँ विधेयक नै आवश्यक भएको कुरामा जोड दिन्छन्।

बेलायतमा यस्ता ६५ वटा एकाउन्ट बन्द नै गरिएका छन्। सरकारले तय गरेको गाइडलाइन अटेर गरेका कारण सो कदम चालिएको हो। उनको विचारमा संसारका अन्य देशमा पनि यो कदम अति आवश्यक भइसकेको छ। सन् २०१७ देखि डान पारियाले राखेको त्यस किसिमका भिडियो पनि बेलायती नागरिकले हेर्न पाउने छैनन्। डान परियाको कुनै भिडियोमा त जलवायु परिवर्तनलाई नै सबैभन्दा ठुलो भ्रम मानिएको रहेछ।

केही वैज्ञानिकले यस किसिमका भिडियोले कम्पनीलाई तहस नहस पार्नसक्ने चेतावनी दिन थालेका छन्। वैज्ञानिक डा. म्यकनेल यस किसिममा चुनौती स्वीकार गर्न आफू तयार रहेको बताउँछन्।

केही वैज्ञानिकले यस किसिमका भिडियोले कम्पनीलाई तहस नहस पार्नसक्ने चेतावनी दिन थालेका छन्। वैज्ञानिक डा. म्यकनेल यस किसिममा चुनौती स्वीकार गर्न आफू तयार रहेको बताउँछन्। उनले यो भिडियो हटाउनमा भन्दा बढी जानकारी मूलक भिडियो र सामग्री राख्न पनि धेरैले चासो दिनुपर्नेमा जोड दिन्छन्। डा. म्याकनले भने जस्तै जलवायु परिवर्तनको लडाइँ यावत समस्या छन्। यी यावत समस्यामा अर्को एक समस्या थपिएको हो।
स्रोतः बीबीसी

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : ०४ बजे

गिल र पन्तको शतकमा बङ्गलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौं- भारतले बङ्गलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य

अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

एजेनसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा

चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु