चीनमा निर्माण क्षेत्रको गतिविधि डिसेम्बर यताकै कमजोर « Khabarhub

चीनमा निर्माण क्षेत्रको गतिविधि डिसेम्बर यताकै कमजोर


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । 

चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो । 

गैरउत्पादन पर्चेजिङ म्यानेजर्स सूचकांक (पीएमआई)का अनुसार मे महिनामा ५४ दशमलव ५ बाट ५४ दशमलव २ मा झरेको बताएको छ । ‘गैरउत्पादन पर्चेजिङ म्यानेजर्स’ सेवा र निर्माण क्षेत्रको सेन्टिमेन्टलाई मापन गर्ने सूचकांक हो ।

यस्तै उपसूचांक पनि खस्किएको छ । यो महिना ५२. प्रतिशत पुगेको छ ।

चीनको अर्थतन्त्रका लागि सेवा क्षेत्र महत्वपूर्ण मानिन्छ । यसले जीडीपीको ५८ प्रतिशत र रोजगारीको ४८ प्रतिशत योगदान गर्दछ ।

उपभोक्ताको खर्चले प्रेरित सेवा र निर्माण क्षेत्रले यो वर्षको पहिलो आधामा चीनको अर्थतन्त्र वृद्धिदर कायम राखेको बताइएको छ ।

यस्तै, तथ्यांकमा औद्योगिक कारखाना गतिविधिको प्रमुख सूचक उत्पादन पीएमआई जुन महिनामा ४९ पुगेको जनाइएको छ । यो मे महिनाको तुलनामा सामान्य सुधार हो ।

५० भन्दा माथिको पीएमआई रिडिङले विस्तारलाई संकेत गर्दछ । तर त्यो स्तरभन्दा तलको कुनै पनि कुराले संकुचन देखाउँछ । (यो समाचार चिनियाँ समाचार पोर्टल ‘क्यूजेड डटकम’ ले प्रकाशित गरेको छ ।)

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १० : ५८ बजे

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई