एमालेसँगको एकता जोगाउन नसक्नु दुःखद्, नेकपा ब्युँताउनु पर्छ: प्रधानमन्त्री | Khabarhub Khabarhub

एमालेसँगको एकता जोगाउन नसक्नु दुःखद्, नेकपा ब्युँताउनु पर्छ: प्रधानमन्त्री


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका कमी कमजोरीबाट सिकेर नेकपा ब्युँताउनु पर्नेमा जोड दिए । उनले भने, ‘कमजोरीबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ 

प्रधानमन्त्री दाहालले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कनु पर्ने बताए। उनले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। 

उनले के कारणले कम्युनिष्ट विभाजित भए भन्ने बारेमा पनि गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै समाजवादी मोर्चामार्फत वामपन्थी एकता गर्न लागेको स्पष्ट पारे ।

प्रचण्डले समाजवादको नयाँं यात्रा तय गर्न सबैसँग आग्रह समेत गरेका छन् । उनले टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले समाजवादको नयाँ यात्रा तय गर्ने अभियान अन्तर्गत पछिल्लो समय नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव र जसपाबीच सहकार्य भएको बताए ।  

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ११ : २५ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने