‘बैंकले पैसा दिए आम मान्छे मिटरब्याजीकहाँ किन ठगिन जान्छ ?’ « Khabarhub

‘बैंकले पैसा दिए आम मान्छे मिटरब्याजीकहाँ किन ठगिन जान्छ ?’


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले केही मुठीभर सम्भ्रान्तले मात्रै बैंकबाट ऋण पाउने अवस्था रहेको भन्दै यसको अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको छलफलमा भाग लिँदै सांसद साहले राष्ट्र बैंकबाट हुने गरेको पुँजी परिचालनबारे पनि प्रश्न उठाएका छन् ।

राष्ट्र बैंकले काठमाडौंबाहिर कति पुँजी परिचालन गरेको हो ? भन्ने प्रश्न गर्दै सांसद साहले आम मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको उल्लेख गरे । ‘बैंकले पैसा दिए आम मानिस व्यक्तिकहाँ किन ठगिन जान्छ ?’ उनले प्रश्न गरे ।

उनले आम जनता बैंकबाट ऋण नपाएपछि मिटरब्याजीहरूको मारमा परेको उल्लेख गर्दै मानिसहरु मिटरब्याजका कारण ठगिएको र आत्महत्या समेत गर्न बाध्य भएको कहालीलाग्दो अवस्था रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : ५७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी