कम्युनिष्ट एकीकरणका लागि प्रचण्डको आह्वान « Khabarhub

कम्युनिष्ट एकीकरणका लागि प्रचण्डको आह्वान


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि आह्वान गरेका छन् ।

आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित भवन उद्घाटन एवं प्रतिमा अनावरण गर्दै प्रचण्डले यसअघि कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने प्रयास असफल भएपनि त्यसबाट शिक्षा लिदै कम्युनिष्ट एकीकरणका लागि एकताबद्ध हुन आह्वान गरेका हुन् ।

कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्ने ठानेर आफूले कम्युनिष्ट एकता गरेपनि त्यसलाई बचाउन नसकिएको उनले बताए ।

प्रचण्डले विश्वभरकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको र नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अगाडि बढेको जिकिर गरे ।

उनले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको र नेकपा तिरै फर्कने भनेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले देशका वामपन्थीहरुलाई एकताबद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने आफूहरुको संकल्प रहेको बताए ।

 

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : ०९ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो