राजनीतिक क्रान्तिको काम सकियो, अब जनताको जीवन समृद्ध बनाउनुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

राजनीतिक क्रान्तिको काम सकियो, अब जनताको जीवन समृद्ध बनाउनुपर्छ : अध्यक्ष नेपाल


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यो देश र सरकारको अगुवाई गर्ने कम्युनिष्ट नेताको रुपमा पाएको टिप्पणी गरेका छन् ।

आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन उद्घाटन एवं प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डलाई सरकारको अगुवाई गर्ने कम्युनिष्ट नेताको रुपमा आफूले पाएको टिप्पणी गरेका हुन् ।

उनले अहिले राजनीतिक क्रान्तिको काम सम्पन्न गरिसकेको भन्दै अब जनताको जीवन समृद्ध बनाउने जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताए । उनले कम्युनिष्ट नेताको रुपमा प्रधानमन्त्री प्रचण्डले देशको समाजवादी यात्रालाई कसरी अघि बढाउने हो भन्ने चिन्तनमनन गर्नुपर्ने धारणा राखे ।

उनले सबैको ज्ञान अनुभवलाइ लिएर इमान्दारिताका साथ अघि बढ्ने हो भने अग्रज कम्युनिष्टहरुको सपना साकार पार्न सकिने बताए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : १६ बजे

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू