नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ « Khabarhub

नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली नोटको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने ४२ वर्षका प्रशान्त भन्ने पासाङ भोम्जन रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले इमाडोलबाट उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ५ सय दरका १६० थान नेपाली रुपैयाँ गरी जम्मा ८० हजार बराबरको नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : २७ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित