‘प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट गुजरातलाई सर्वाधिक लाभ’ « Khabarhub

‘प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट गुजरातलाई सर्वाधिक लाभ’


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जमनगर- भारतको गुजरात राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणले गुजरातलाई सबैभन्दा बढी फाइदा पुगेको बताएका छन् ।

जामनगरमा आयोजित एक कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा मुख्यमन्त्री पटेलले प्रधानमन्त्री मोदीको हालैको अमेरिका भ्रमणबारे उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशको विकासमा गरेको योगदानको प्रशंसा गर्दै मुख्यमन्त्री पटेलले गुजरात सरकार र अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीबीच भएको  समझदारीबाट आफ्नो राज्यलाई अधिक लाभ पुग्ने बताए । “प्रधानमन्त्री मोदीको सरकारको नौ वर्षको अवधिमा देशले सबै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, उहाँको अमेरिका भ्रमणबाट गुजरातले सबैभन्दा बढी फाइदा उठाएको छ, हामी अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीसँग सहकार्य गर्दैछौँ, चाँडै उक्त कम्पनीको यहाँ हामी शिलान्यास गर्नेछौँ,” मुख्यमन्त्री पटेलले भने ।

अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीले दुई अर्ब ५० करोड अमेरिकी डलरको लगानीमा गुजरातको सानन्दमा सेमीकन्डक्टर, सेमीकन्डक्टर मेमोरीलगायत सूचना प्रविधिसँग सम्बन्धित विभिन्न उपकरणको ‘एसेम्बली, टेस्ट, मार्किङ, र प्याकेजिङ’ कारखाना स्थापना गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, प्रधानमन्त्री मोदीका साथै अमेरिकी तथा भारतीय उच्च अधिकारीहरूको उपस्थितिमा गुजरातमा माइक्रोन टेक्नोलोजीले कारखाना स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा गुजरात सरकारका अधिकारीसँग हस्ताक्षर गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ५० बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन