झापाको हल्दिबारी गाउँपालिकामा मात्रै ५५ जना क्यान्सरका बिरामी « Khabarhub

झापाको हल्दिबारी गाउँपालिकामा मात्रै ५५ जना क्यान्सरका बिरामी


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको हल्दिबारी गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी रहेका छन् ।

हल्दिबारीमा क्यान्सरका ५५ जना, किड्नी प्रत्यारोपण गरेका ४ जना, डायलाइसिस गरिरहने १४ जना र मेरूदण्ड पक्षघातका बिरामी पाँच जना रहेका पालिकाको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

सरकारले क्यान्सर, डाइलोसिस, किड्नी प्रत्यारोपण र मेरूदण्डका पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार हालसम्म हल्दिबारीमा दर्ता भएका बिरामीहरुको संख्या ७८ जना पुगेको छ ।

स्वास्थ्य शाखाले दिएको तथ्याङ्कअनुसार वडा नं १ मा १९ जना क्यान्सर, ४ जना डायलाइसिस, २ जना किड्नी प्रत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं २ मा १७ जना क्यान्सर, ४ जना डायलाइसिस र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं ३ मा ५ जना क्यान्सर, ३ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं ४ मा ४ जना क्यान्सर, २ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं ५ मा १० जना क्यान्सर, १ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ३४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा