झापाको हल्दिबारी गाउँपालिकामा मात्रै ५५ जना क्यान्सरका बिरामी « Khabarhub

झापाको हल्दिबारी गाउँपालिकामा मात्रै ५५ जना क्यान्सरका बिरामी


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको हल्दिबारी गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी रहेका छन् ।

हल्दिबारीमा क्यान्सरका ५५ जना, किड्नी प्रत्यारोपण गरेका ४ जना, डायलाइसिस गरिरहने १४ जना र मेरूदण्ड पक्षघातका बिरामी पाँच जना रहेका पालिकाको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

सरकारले क्यान्सर, डाइलोसिस, किड्नी प्रत्यारोपण र मेरूदण्डका पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार हालसम्म हल्दिबारीमा दर्ता भएका बिरामीहरुको संख्या ७८ जना पुगेको छ ।

स्वास्थ्य शाखाले दिएको तथ्याङ्कअनुसार वडा नं १ मा १९ जना क्यान्सर, ४ जना डायलाइसिस, २ जना किड्नी प्रत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं २ मा १७ जना क्यान्सर, ४ जना डायलाइसिस र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं ३ मा ५ जना क्यान्सर, ३ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र एक जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

वडा नं ४ मा ४ जना क्यान्सर, २ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् । वडा नं ५ मा १० जना क्यान्सर, १ जना डायलाइसिस, १ जना किड्नी प्रत्यारोपण र १ जना मेरूदण्ड पक्षघातका बिरामी छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ३४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र