राष्ट्रियसभाको बैठक सोमबार बस्ने « Khabarhub

राष्ट्रियसभाको बैठक सोमबार बस्ने


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउनेछन् ।

यस्तै, विनियोजन विधेय २०८० माथि मन्त्रालयगत छलफल हुनेछ । जसमध्ये वन तथा वातावरण, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सहरी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको शिर्षकमाथि छलफल हुनेछ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ०१ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६