युएईविरुद्ध नेपालको संघर्षपूर्ण जित, दीपेन्द्रको सानदार अर्धशतक « Khabarhub

युएईविरुद्ध नेपालको संघर्षपूर्ण जित, दीपेन्द्रको सानदार अर्धशतक


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेकोछ । जितसँगै सातौं स्थानका लागि नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको छ ।

जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले ।गुलसन १२ रन बनाए ।

युएईका लागि मुहम्मद जवादुल्लाहले ३ तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले समान १र१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।

युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरी युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।

संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ०४ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध