स्थानीय तहले कानुन बाहिर गएर काम गर्नुहुँदैन : मेयर महर्जन « Khabarhub

स्थानीय तहले कानुन बाहिर गएर काम गर्नुहुँदैन : मेयर महर्जन


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराए । यो मत मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’

आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढंगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गरे ।

मेयर महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताए । उनले भने, ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन ।’

मेयर महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको दाबी गरे । उनले भने, ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिका टिम नै जुटेको छ ।’मेयर महर्जनले कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बताए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : २४ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष