स्थानीय तहले कानुन बाहिर गएर काम गर्नुहुँदैन : मेयर महर्जन « Khabarhub

स्थानीय तहले कानुन बाहिर गएर काम गर्नुहुँदैन : मेयर महर्जन


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराए । यो मत मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’

आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढंगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गरे ।

मेयर महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताए । उनले भने, ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन ।’

मेयर महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको दाबी गरे । उनले भने, ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिका टिम नै जुटेको छ ।’मेयर महर्जनले कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बताए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : २४ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६