एकैपटक चालीस जनाले गरे आँखा दानको घोषणा « Khabarhub

एकैपटक चालीस जनाले गरे आँखा दानको घोषणा


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

झापा – मेचीनगर नगरपालिका–१० का ४० जनाले एकैपटक आँखाको नानी (कर्निया) दान गर्ने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक मेचीनगर–१० ले आयोजना गरेको कार्यक्रममा ४० वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्तित्वहरुले आँखाको नानी दान गर्ने सामूहिक घोषणा गरेका हुन् ।

मेची नेत्रालय काँकरभिट्टाले उहाँहरु सबैको आँखाको नानी दान गर्ने इच्छापत्रमा शनिबार हस्ताक्षर गराएको छ । संस्थाका सल्लाहकार स्वाथ्यकर्मी हेमन्तराज दवाडीले इच्छापत्रमा हस्ताक्षर गरेकाहरुको मृत्युपछि आँखा प्राविधिकले आँखाको नानी झिकेर लैजाने बताए । उनले भने, “आँखादान सबभन्दा महत्त्वपूर्ण दान हो । त्यही भएर मैले इच्छापत्रमा हस्ताक्षर गरेको हुँ ।” जिल्लामा सन् २०१८ बाट आँखाको नानी दान गर्ने अभियान सुरु भएको थियो ।

विर्तामोडका ८७ वर्षीय कृष्णप्रसाद ओलीले आँखाको नानी दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेपछि अभियानको सुरुआत गरेका थिए । मेची आँखा अस्पताल विर्तामोडको ‘कर्निया कलेक्सन सेन्टर’ मार्फत आँखा दानका लागि इच्छापत्रमा हस्ताक्षर गर्ने हालसम्म पाँच सय जना बढी रहेका छन् ।

अस्पतालका नेत्र सहायक पुष्प अधिकारीले जिल्लामै अझै पनि चेतनाको अभावमा आँखा दान गर्नेहरुको संख्यामा बृद्धि हुन नसकेको बताए । उनले जिल्लाभरका स्वास्थ्यकर्मी, हेल्थपोस्टका प्रमुख, रोटरी क्लबलगायत विभिन्न सङ्घसंस्थामार्फत आँखा दानका लागि जनमानसमा सचेतना जोगाउने कार्यक्रम भइरहेको जानकारी दिए । “मृत्यु भएपछि नाश हुने आँखाले कसैले नयाँ जीवन पाउँछ भन्ने सोच मान्छेमा कम छ”, उनले भने, “यसको उपयोगिताबारे सबै क्षेत्रबाट जनचेतना फैलाउनुपर्छ ।”

उनले मृत शरीरबाट निकालिएको आँखालाई पुन जाँच गर्नुपर्ने भएका कारण नेपाल आँखा अस्पतालमै पठाउने गरेको बताए । जिल्लामा मेची नेत्रालय र मेची आँखा अस्पतालमा कर्निया कलेक्सन सेन्टर रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ५८ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष