‘रेटिनोब्लास्टोमा भएमा बालबालिकाको मृत्युसमेत हुनसक्छ’ « Khabarhub

‘रेटिनोब्लास्टोमा भएमा बालबालिकाको मृत्युसमेत हुनसक्छ’


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बालबालिकाको आँखामा क्यान्सर तथा रेटिनोब्लास्टोको समस्या धेरै देखिएको छ । आँखाको रेटिनामा विभिन्न लेयरहरु हुन्छन् । यसलाई सामान्य भाषामा दृष्टिपर्दा पनि भन्ने गरिन्छ । आँखाको क्यान्सरभन्दा पनि दृष्टिपर्दामा क्यान्सर धेरै हुने गरेको छ । यो रोगको उपचार भनेको बालबालिकाको आँखा निकाल्नु नै हो । दुई वटा आँखामा यो समस्या आयो भने बालबालिकाको मृत्युसमेत हुन्छ । तर, समयमै पत्ता लगाएर उपचार गर्न सकियो भने क्यान्सरको सेल्स सहित निकाल्न सकिने चिकित्सकहरू बताउँछन् । रेटिनोब्लास्टोमालाई हामीले सामान्य रूपमा कसरी बुझ्ने ? यसका लक्षणहरू के के देखा पर्छन् ? यसबाट बालबालिकालाई कसरी बचाउनेलगायतका विषयमा आधारित रहेर आँखा रोग विशेषज्ञ डा.कमल खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश-

रेटिनोब्लास्टोमालाई हामीले सामान्य रूपमा कसरी बुझ्ने ?

रेटिनोब्लास्टोमा भनेको पाँच वर्ष मुनिका बालबालिकाहरूको आँखाभित्रको पर्दा (रेटिना) मा विकास हुने क्यान्सरलाई बुझ्नुपर्छ । अर्थात् बालबालिकाको आँखामा लाग्ने क्यान्सरलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । रेटिनोब्लास्टोमा सुरुवाती अवस्थामा नै हुने रोग हो । यस्तो रोग भएका बच्चाको आँखा सेतो हुन्छ । मोतियाबिन्दु लाग्दा पनि आँखामा सेतो नै देखिन्छ । त्यसैले, के भएको हो भनी थाहा पाउन आँखामा सेतो देखिनेबित्तिकै अस्पताल लगिहाल्नु पर्छ । यो समस्या जन्मजातै आउने समस्या हो । पाँच वर्षसम्मको बालबालिकामा यो समस्या बढी देखिने गरेको छ ।

रेटिनोब्लास्टोमा भएको कसरी थाहा पाउने ? के कस्ता लक्षणहरू देखा पर्छन् ?

रेटिनोब्लास्टोमा हुँदा बालबालिकाको आँखाको नानीमा सेतो थोप्लोजस्तो देखिने, आँखा असामान्य रूपमा रातो हुने, आँखा बिस्तारै बाङ्गो हुँदै गयो भने बालबालिकालाई आँखाको क्यान्सर भएको हो कि भनेर ध्यान दिनुपर्छ । रेटिनोब्लास्टोमा हुँदा बिरालोकोजस्तै आँखा चम्किलो देखिन्छ । यस्तो अवस्थामा हेलचेक्राइँ गर्दा आँखाको रेटिनल सेल्सहरू बढ्दै अगाडि पछाडि आउँछ । पछाडि जाँदा आँखाको दाना ठूलो हुँदै अगाडि आउँछन् ।

रेटिनोब्लास्टोमा भएर अस्पतालमा जाँदा यसको उपचारको प्रक्रिया कस्तो छ ?

सुरुमा यसको एन्टिट्रिटमेन्ट गरिन्छ र रेडियोथेरापी गरिन्छ । सुरुको अवस्थामा नै रोग पत्ता लगाउन सकिँदैन । जस कारण थाहा हुँदासम्म रोग धेरै बढिसकेको हुन्छ । समयमै उपचार नगरे बच्चाको ज्यान जान सक्ने सम्भावना हुन्छ । मृत्युदर उच्च हुने मुख्य कारण पनि रोग ढिलो थाहा पाउनु नै हो । रेटिनोब्लास्टोमाको उपचार प्रक्रिया विभिन्न स्टेजमा गरिन्छ । जसमा स्टेज १, स्टेज २, स्टेज ३ र स्टेज ४ । पहिलो र दोस्रो स्टेजमै थाहा पाउन सकियो भने एबनेसनथेरापी गरिन्छ । यदि तेस्रो वा चौथो स्टेजमा पुगियो भने इलुकिलेसन (आँखाको दानालाई अड्याई राख्न मद्दत गर्ने मसल्सहरु) सबैलाई काटेर निकाल्नु पर्छ, अरु उपचार भने हुँदैन ।

नेपालमा यो रोगको उपचार गर्दा लाग्ने खर्च कस्तो होला ?

यो रोगको उपचारका लागि त्यति धेरै खर्चिलो छैन । तर, समयमै उपचार गरेमात्र राम्रो रिजल्ट आउँछ । शल्यक्रिया गरेपछि आँखामा खाली ठाउँ हुन्छ । त्यहाँ इन्फेक्सन नहोस् भनेर राम्ररी सफा गर्नुपर्छ । हाम्रो आँखा र ब्रेन जोडिएको हुन्छ । शल्यक्रिया गरेको दुई तीन महिना सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

यस्तो समस्या बालबालिकामा नआओस् भनी के के कुरामा ध्यान दिने ?

यसको लागि बालबालिकालाई स्कुलमा भर्ना गर्न लानुभन्दा अगाडी नै आँखाको भिजन टेस्ट गर्नुपर्छ । कसैलाई यो समस्या छ भने भिजन कम हुन्छ । भिजन कम भएपछि कारण खोजिन्छ । परिवारले बच्चाको आँखा डेडो छ कि छैन, सेतो दागसँगै आँखा चम्किलो छ छैन, त्यो हेर्नुपर्छ । बच्चाको आँखा एउटा आँखाभन्दा अघि आएको छ/छैन थाहा भयो भने रोग पत्ता लगाउन सक्छौँ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ०२ बजे

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू